२० असार २०८१ बिहीबार
image/svg+xml
कला

आनन्दको दुःख!

अन्तर्य

उनको नाम आनन्द तिवारी। उनको घर रौतहट जिल्ला। तर अहिले उनी दुःखमा छन्। पशुपतिनाथ मन्दिरछेउ बसेर विगत डेढ दशकदेखि भक्तालुलाई टीका लगाउँदै आएका उनी केही वर्षदेखि भने समस्यामा परेका छन्। पशुपति क्षेत्र विकास कोषले उनीजस्ता उनीजस्ता एक सयभन्दा बढीलाई बाटोमा उभिन बन्देज लगाएको छ।

अहिले उनी लुकीछिपी टीका लगाइदिन बाध्य छन्। यसैको आम्दानीबाट छाक टर्ने भएकाले बाध्य हुनुपरेको उनको भनाइ छ। उनी जस्ता एक सयभन्दा बढीको साझा समस्या यही हो। उनी पण्डित समुदायका हुन्। पशुपतिनाथ आउने भक्तालुले आग्रह गरेबमोजिम पूजापाठ पनि गराइदिन्छन्।

उनी अहिले यी सबै काम लुकेर गर्न बाध्य छन्। ‘पशुपति विकास कोषले हामीलाई आर्यघाटछेउ उभिन अनुमति दिएको छ,’ उनी निराश हुँदै भन्छन्, ‘के हामीले शवलाई टीका लगाउने हो र?’

पशुपति विकास कोषसँग उनका थुपै्र गुनासा छन्। तर उनी बोल्न डराउँछन्। त्यसैले उनले नाम लेखिदिए पनि अनुहार नदेखाईकन फोटो लिइदिन आग्रह गरे। ‘हामीले भक्तालुलाई टीका लगाइदिएर के अपराध गर्‍यौं?’

उनले भने, ‘हामीलाई व्यवस्थापन गरिदिए रोजीरोटी टर्ने थियो।’

प्रकाशित: ८ असार २०८१ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App