२० असार २०८१ बिहीबार
image/svg+xml
कला

शिशमकुमारी कहाँ होलिन्?

तस्बिर कथा

क्याप्शन

यो कथा एक दशकअगाडिको हो। आँखा धमिलो हुन थालेपछि भक्तपुर बालकोटस्थित बाल विनायक प्राविमा कक्षा तीनमा अध्ययनरत शिशमकुमारी ठाकुरले परिवारलाई जानकारी गराइन्।

सर्लाही हथिवन मूल घर भई भक्तपुरमा मजदुरी गर्दै आएका उनका अभिभावकको प्राथमिकतामा शिशमको उपचार परेन। उनले जोमेट्री बक्समा रहेको ‘आईग्लास’ को सहारामा पढाइलाई निरन्तरता दिइरहिन्।

आईग्लासकै सहारामा पढ्दै गरेको तस्बिर नागरिक दैनिकमा प्रकाशित भयो। भोलिपल्टै गोठाटारका हरिप्रकाश पुडासैनीको पहलमा उनको काठमाडौंस्थित लायन्स आई केयर सेन्टरमा उपचार भयो। आँखामा पावरको थोरै समस्या रहेछ। पाँच सय रूपैयाँको चस्माले उनको अनुहार एकाएक चम्कियो।

लेन्स (चस्मा) को अभावमा लेन्स (आइग्लास) कै सहारामा पढ्न बाध्य शिशमको उदास अनुहार लेन्स (क्यामरा) कै कारण उज्यालो बन्यो। उनको यो तस्बिर नियाल्नेबित्तिकै मनमा जिज्ञासा आइहाल्छ। साँच्चै शिशम कहाँ होलिन्?

प्रकाशित: १९ जेष्ठ २०८१ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App