पहिरोले पुरिएका तीनै जनाको शव भेटियो
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ।
वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।
शुक्रबार देखि परेको वर्षा आइतबार सम्म पर्ने भएकाले भू क्षय, पहिरो,डुबानको जोखिमबाट सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
तामाकोसी नदीमा बाढी आउनुका साथै सतह पार भएका कारण गए राति देखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन सहित सबै प्लान्ट बन्द गरिएको छ ।
देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।
पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ।
बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन्।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय हुने जनाएको छ।
मंगलबार मध्यरातदेखि परेको वर्षाले विराटनगर महानगरपालिकाको अधिकांश वडा डुबानमा परेका छन्।
लमजुङमा पहिरोले ३ घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्। अन्य एकजना घाइते अवस्थामा फेला परेका छन्।
लगातारको वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ।
पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।
अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।