२४ असार २०८१ सोमबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ढाका–पोखरा नियमित उडानको पहल

पछिल्लो समय बंगलादेशको निजी हवाई कम्पनि ‘एयर अस्ट्रा’लाई बंगलादेशको ढाकादेखि पोखरासम्म नियमित उडान गर्न लगाउने गरि पहल थालिएको छ। नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यावसायिक क्षेत्रबाट एयर अस्ट्रालाई ढाका–पोखरा उडान गर्नका लागि अनुरोध गर्ने तयारी भएको छ। एयर अस्ट्रासँग एटिआर–७२ जहाज रहेको र ती जहाजमार्फत पोखरामा उडान गर्न सकिने भएकोले पहल थालिएको सरोकारवालाको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्