२४ असार २०८१ सोमबार
image/svg+xml

श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छः श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

'श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन'

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस: भाषणमा सम्मान, व्यवहारमा बेवास्ता

अहिलेको बजार महँगी अनुसार सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकले गुजारा गर्न सक्ने अवस्था नभएको श्रमिकहरूको गुनासो छ। बजारको महँगीसँग तुलना गर्ने हो भने सरकारले निर्धारण गरेको पारिश्रमिक आधाभन्दा कम हुने उनीहरूको भनाइ छ।

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको भन्दै आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने बताएका छन्। प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा शुभकामना व्यक्त गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ देखि १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्