२३ असार २०८१ आइतबार
image/svg+xml

रामेछापमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

जिल्लाको खाडादेवी गाउँपालिका-१ राकाथुमको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सुर्यविनायकबाट दोरम्बाका लागि मान्छे लिएर हिडेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

बोलेरोको ठक्करले प्रहरीको मृत्यु

प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको बोलेरोको ठक्करबाट मृत्यु भएको छ।

दोलखामा बोलेरो दुर्घटना हुँदा १ बालिकाको मृत्यु, ५ घाइते

दोलखाको भीमेश्वर नगरपालिका २ सोक्ला गाउँमा बुधबार बिहान बोलेरो गाडी दुर्घटनामा पर्दा त्यसमा सवार ९ बर्षिया एक जना बालिकाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते छन्।

धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १५ घाइते

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।  खरीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिए। दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

ज्वालामुखी गाउँपालिका–३ अमराईमा बोलेरो जीप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम धादिङबेसीबाट ज्वालामुखीको मैदी जाँदै गरेको बा १३ च ५२३० नम्वरको रातो नम्वर प्लेटको निजी बोलेरो जीप मंगलबार दुर्घटना भएको हो।

पल्टिएको बोलेरो भीरको रुखमा अल्झियो, एक यात्रु घाइते

खोटाङमा बोलेरो दुर्घटना हुँदा एक घाइते भएका छन्। काठमाडौंबाट सामान लिएर ऐसेलुखर्क जाँदै गरेको बा २१ च ४०४९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका फुर्वा शेर्पा घाइते भएका हुन्।

बोलेरोले जेब्राक्रसिङमै ठक्कर दिँदा विद्यार्थीको मृत्यु, सडक अवरुद्ध

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा बालकको मृत्यु भएको छ। रत्ननगर १० कै कैलाश टोलका १४ वर्षीय वसन्त थापालाई ना ४ च ५००७ नम्बरको बोलेरोले बिहान ९ः३० बजे ठक्कर दिएको थियो।

गाडीको ठक्करले दुई महिलाको मृत्यु

धादिङको गल्छी गाउँपालिका–५, पालचोकमा बोलेरो पिकअफ गाडीले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ। अर्की एक घाइते भएकी छन्। प्रहरीका अनुसार आइतबार राति आपसमा गफ गरिरहेका बेला पार्किङ गर्न ल्याइएको बा २० च ६२२१ नम्बरको बोलेरो गाडीले उनीहरूलाई ठक्कर दिएको हो।

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा दुई घाइते

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा उदयपुरका दुई घाइते भएका छन्। सोमबार धरानबाट यात्रु लिएर खोटाङ जाँदै गरेको ना १ ज ६२०४ नम्बरको बोलेरो जीप र बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ८३८० नम्बरको मोटरसाइकल उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण राजमार्गमा ठोक्किँदा दुई घाइते भएका हुन्।

बोलेरो दुर्घटनामा जिसस कर्मचारीको मृत्यु

जिल्ला समन्वय समितिका कर्मचारी बोकेर चरिकोटबाट राजधानी हिडेको एउटा बोलेरो जिप पुष्पलाल मार्ग स्थित नयाँपुल–मन्थली सडक खण्डको भीरकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बोलेरो दुर्घटनामा पाँचको मृत्यु

सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ।

स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो।

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, तीनको मृत्यु

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ मा गएराति बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशुको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ।

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु , ७ घाइते

सिन्धुलीको फिक्कल गाउँपालिका–४ टर्कीबेसीको भित्रीसडकमा बोलेरोजिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्