२४ असार २०८१ सोमबार
image/svg+xml

नाम मात्रको सिँजा बहुमुखी क्याम्पस

यो क्याम्पस गाउँमा स्थापना भएका बालविकास केन्द्र भन्दा पनि तल्लो स्तरको व्यवस्थापन भएकोले निकै समस्या भइरहेको उनी बताउँछन्। व्यवस्थापन र शिक्षा शास्त्र संकायको पठनपाठन हुने यो क्याम्पसमा ३ सय जना विद्यार्र्थीले भर्ना लिएका छन्। तर उनीहरुले सदरमुकाम खलंगाको जुम्ला बहुमुखी क्याम्पसमा आएर परिक्षा दिनुपर्ने बाध्यता छ।

सिँजा सभ्यता विधेयक इतिहास बचाउने अस्त्र

सुझाव संकलन कार्यक्रममा खस सभ्यतामा हुने हरेक प्रकारका कामको प्रदर्शनी गरिएको थियो।

सिँजा गाउँपालिका अध्यक्ष बनिन् राज्यलक्ष्मी हमाल

सिँजा गाउँपालिका, प्लान इन्टरनेश्नल नेपाल, हामी दाजुभाइ र क्याड नेपाल लगायतका संघ संस्थाहरुसँग सहकार्य गरी गल्स सेट इक्वायल, फ्रि टु बी अनलाइन जस्ता अभयानलाई स्थानीय स्तरमा अघि बढाउन तयार रहेको जानकारी दिइन्।

विकास ओसार्दै कर्णाली सडक

स्थानीय भन्छन्– मोटर हाम्रा लागि बरदान बनेका छन्। दुःख बोकेर बाहिरिन्छन्, विकास बोकेर भित्रिन्छन्। कर्णालीमा मोटरसँगै विकास पनि भित्रिएको छ। जीवन निर्वाह गर्न पुरुषहर कालापहाड जानुपर्ने बाध्यता हट्दै जान थालेको छ। सडक खुलेपछि गाउँमै रोजगारी सिर्जना भएको छन्। यो सुखद पक्ष हो।

सिंजा सभ्यता सम्बन्धी विधेयक प्रदेशसभामा दर्ता

विधेयकमा सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि आवश्यक नीति, निर्माण एवम् कार्यकारी परिषद्लाई निर्देशन, रेखदेख गर्नका लागि कर्णाली प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा सिंजा सभ्यता संरक्षण तथा विकास सभा गठन गर्ने उल्लेख छ।

जाग्दै किशोरी, भाग्दै विकृति

पहिले गोठको एक कुनामा बसेर गाइवस्तुसंग रात बिताउन बाध्य महिला अहिले घरको एक कुनामा सुरक्षित बस्न थालेका छन्। पहिले पेटमै हुँदा छोरी दिने चलन हटेको छ। बाल शोषणका क्रियाकलापमा कमी आएको छ। साजनाले भनिन्,‘अब समाजमा सचेतना पुगिसकेको छ। कानुनका कुरामा कडाइ गर्न जरुरी छ। अहिले सम्म जनचेतना भयो। अब कानुनी प्रक्रिया पनि निकै कडाका साथ अघि बढाउनुपर्छ। यी सबै खाले विकृति पूर्ण रुपमा अन्त्य हुनेछन्।’

बालविवाह: ‘छोरी दिँदैनौं, बुहारी ल्याउँदैनौं’

गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्।

जुम्लामा वडाध्यक्षबाटै जातीय विभेद, प्रहरीले जाहेरी लिन मानेन

सिंजा गाउँपालिका–६ मा नेमकिपाबाट निर्वाचित वडा अध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा विवेन्द्र नेपालीमाथि जातीय रूपमा गालीगलौज र कुटपिट गरेका छन्। असार ६ गते वडाध्यक्ष बुढाले गाउँमा खानेपानी आएको भन्दै घरघरमा खानेपानीको दाबी गरेपछि दलितयुवा विवेन्द्रले विरोध गरेका थिए।

सिँजाका युवाले बनाए सोलारबाट चल्ने गाडी

जुम्ला सिँजा गाउँपालिका २ चुलेलगाउँका दुई जना युवाले गाउँमै गाडी बनाएर गुडाएका छन्। उनीहरुले सोलारबाट चल्ने गाडी बनाएका हुन्। सिँजा गाउँपालिका २ का प्रशान्त वड र अज वडले रातो कलरको तीन जना अटाउने गाडी बनाएर देखाएका हुन्।

काफल टिप्न युवायुवती पाटनमा, काफल खाएर असारलाई विदा गरिदैँ

जुम्ला सिँजा गाउँपालिकाका युवती पाटनमा काफल टिप्न गएका छन् । उनीहरु संगै युवाहरु पनि पाटनमा पुग्छन् । एक आपसमा रमाईलो गर्छन् ।

न पुल बन्यो, न त ज्याला नै पाइयो

जुम्लाको सिँजा गाउँपालिका–२ रनुखाना गाउँको हिमा खोलामा निर्माण हुन लागेको पक्की पुल तीन वर्षसम्म पनि बन्न सकेको छैन।

सिँजालाई सिँजाकै हैसियत

सिँजा यद् वा हाट सिँजा नेपाली भाषा, संस्कृति, संस्कार एवं सभ्यताको मात्र उद्गम थलो होइन। आत्मनिर्भर, स्वाभिमान र मागेर नखाने, गरिखाने उच्च अर्थतन्त्रको पनि उद्गम थलो हो भन्ने लेख्न पाउँदा गर्व लाग्छ। कता कता घमण्डको भावपनि टुसाउन खोज्छ।

जुम्ला आएर उपराष्ट्रतिले भने- एक पटक सिंजा पुग्नुस

उपराष्ट्रति नन्दबहादुर पुनले एक पटक सिंजा पुग्न अपिल गरेका छन्। उनले सिंजा सभ्यता नेपालको पुरानो सभ्यता भएको र खस भाषाको उद्गम स्थल भएकोले नेपालीले एक पटक सिँजा घुम्नै पर्ने बताए।

रेडपाण्डा जोगाउन ‘वन अभिभावक’

सिँजा गाउँपालिका वडा नम्बर २ विष्टवाडा गाउँमा जंगलमा रहेको रेडपाण्डा जोगाउन ‘वन अभिभावक’को व्यवस्था गरिएको छ। वनमा पाइने वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले वन ‘वन अभिभावक’को व्यवस्था गरिएको स्थानीय बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्