२४ असार २०८१ सोमबार
image/svg+xml

ऐश्वर्याको सुन्दरता बिगारेको आरोप

हालै डिजाइनर विन्डिल रोड्रिक्सले पेरिस फेसन विकमा सहभागी भएकी अभिनेत्री ऐश्वर्या राय बच्चनको फोटो आफ्नो इन्स्टाग्राममार्फत सेयर गर्दै उनको लुक्सलाई लिएर प्रतिक्रिया दिएका थिए।

क्या सुन्दर तिम्बु पोखरी (फोटो फिचर)

पछिल्लो समयमा पूर्वी पहाडका जिल्लामा चर्चित रहेको प्राकृतिक रुपमा अत्यान्त आर्कषक तिम्बु पाखेरी क्षेत्रको पदयात्रा गर्ने सिजन चलिरहेको छ। पाँचथर र ताप्लेजुङको सिमानामा समुन्द्र सतहदेखि ४ हजार ४ सय ८० मीटर उचाईमा रहेको तिम्बु पाखेरी र आसपासका हिमाली क्षेत्रको आर्कषक दृष्यमा घुम्न जानेको संख्यामा बर्षेनी बढोत्तरी भईरहेको छ।

सुन्दरता निखार्न स्किन सुहाउँदो सौन्दर्य सामग्री

सौन्दर्य सामग्री प्रयोग गर्दा आफ्नो अनुहार र छाला सुहाउँदो प्रयोग गरेमा सौन्र्दयमा अझ बढी निखारपन आउँछ।

‘मैनदानी’ मा न्युड आर्टको द्वन्द्व

मानव सुन्दरता, संवेदना र स्वभावलाई केन्द्रित गरेर तयार हुने न्युड आर्टहरूको बुझाई व्यक्तिअनुसार फरक पर्ने गर्दछ। नेपाली समाजले सहज रूपमा नस्वीकारेको न्युड आर्टलाई अश्लीलतासँग तुलना गरिने गरिएको पाइन्छ। नग्नता र अश्लीलता फरक कुरा हुन् भन्ने व्याख्यामा आधारित नाटक ‘मैनदानी’अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

विकटता भित्रको सुन्दरता(फोटो फिचर)

जुम्लाको तिला गाउँपालिका चार वटामा वडामा अहिले सम्म सडक पुग्न सकेको छैन्। तत्कालिन २६ वटा गाबिस मध्ये मालिकाठाँटा र घोडेमहादेब क्षेत्रमा अहिले सम्म सडक पुग्न नसकेको हो। अहिले पनि स्थानीय पिठ्युमा भारी बोकेर गुजरा चलाउनु परेको छ। तर त्यहाँको सुन्दरता वर्णन गरि नसक्नु छ। थरीथरीका फुल। बहुमुल्य जडिबुटीको खानी जस्तै छ। त्यो क्षेत्र। भौगोलिक रुपमा जति विकट मानिए पनि सुन्दरताका हिसावले निकै निकट मानिदै आएको छ।

जस्तो कपाल त्यस्तै स्टाइल

कपालको प्रकृति, व्यक्तिको अनुहार, स्ट्रक्चरअनुसारको कपालको स्टाइल बनाउँदा सुहाउँछ। कपालको स्टाइलले व्यक्तिको सुन्दरतामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। हेयर स्टाइलमा ध्यान दिने पुरुषको संख्या पनि नेपालमा कम छैन।

सुनको सिरानी हालेर नुन बोक्ने कर्णालीको कथा : ईश्वर पोखरेल

कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल छन्। कर्णालीलाई समृद्धिको प्रचुर सम्भावना बोकेको प्रदेश भएको बताउँदै उनले भने, ‘यो प्रदेशमा सुनको सिरानी हालेर नुनको हिँड्ने मान्छे छन्।

छाला स्वस्थ राख्न प्याज उपयोगी

प्याजको प्रयोग सुन्दरता बढाउन प्रयोग गरिन्छ भने सायदै मानिसले पत्याउँछन् होला। तर, प्याजको प्रयोग गरेर छाला स्वस्थ राख्न सकिन्छ। ब्युटिसियनका अनुसार प्याजको रसले यस्तो औषधीय गुण हुन्छ, जसले छालाको त्वचा स्वस्थ राख्न मद्दत गर्छ।

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

सर्वोच्च अदालतले सार्वजनिक गरेको फेवाताल मुद्दाको पूर्ण पैसलामा तालको सौन्दर्यबारे समेत व्याख्या गरिएको छ। प्रधानन्यायाधीश ओम प्रकाश मिश्र र सपना प्रधान मल्लले फैसला गरेको मुद्दाको पूर्णपाठमा भनिएको छ, 'फेवातालको प्राकृतिक सौन्दर्य, यसको वातावरणीय भूमिका, यससँग सम्बन्धित धार्मिक गन्तव्य स्थलहरूका कारणबाट नै पोखरा उपत्यकाको ख्याति नेपालमा मात्र नभई विश्‍वस्तरमा नै उल्लेख्‍य बनेको कुरामा विवाद छैन।'

फोहोरभित्रका कलात्मक सुन्दरता

घरायसी फोहोरका रूपमा रहेका प्लास्टिक, फलाम, कागज बिक्री गरेर आर्थिक आम्दानी गर्ने चलन आम मानिसका लागि नयाँ कुरा होइन । तर त्यस्ता फोहोरले सन्देशसँगै हजारौं नगद पनि आम्दानी गर्न सक्छ भन्ने कुराको पुष्टी कलाकर्मीले गरेका छन्।

भट्टाले भत्काउँदैछ पाँचखालको सुन्दरता

राजा मानदेवको प्रामाणिक ऐतिहासिक दरबार क्षेत्र र काभ्रेपलाञ्चोक भगवतीको सिरोभाग। दनुवार समुदायको उत्पत्ति थलो। बस्तीसँगै जोडिएको झिकुखोला जलाधार क्षेत्र। छेवैमै पाँचखाल जंगल र ऐतिहासिक रानीपोखरी। ‘पाँचखाल क्षेत्र राजा मानदेव र अंशुबर्माको ऐतिहासिक दरबार र रानीपोखरीले बेग्लै ठाउँ मानिन्छ,’ पाँचखाल उपत्यकाको इतिहास र पुरातत्व अध्ययन गरिरहेका श्रीकृष्ण धिमालले भने, ‘तर सरोकारवाला निकायले यसको इतिहास बुझ्ने प्रयास नगर्दा पुराना महत्वपूर्ण धरोहर गुमाउने अवस्थामा पुग्यौं।’

'डोल्पोको सुन्दरता अरुसँग तुलना हुन सक्दैन'

नेपालका लागि तीन पूर्व भारतीय राजदूतले डोल्पोको पदयात्रा पुरा गरेर फर्केका छन्। उनीहरुले डोल्पोको सुन्दरता अन्य कुनैसँग तुलना हुन नसक्ने बताए। देव मुखर्जी, श्याम शरण र रणजीत रायले तल्लो डोल्पोको दुई साता लामो पदयात्रा गरेका थिए।

साधुटारको सुन्दरता (फोटोफिचर)

दैनिक कामको तनाबबाट मुक्त हुन सहरबाट केही टाढा निस्कने प्रचलन हिजोआज बढ्दै गएको छ। मनोरञ्जनका लागि लगानीमा बढोत्तरी गर्न उत्साहित हुनेक्रम देखिन थालेको छ। यहि क्रममा पाँचथरको फिदिम नगरपालिकाको रानीटारमा जानेको संख्या उलेख्यमात्रमा बढ्न थालेको छ।

सुन्दरतालाई औजार बनाएर जासुसी गर्ने महिला

करिब ५० हजार मानिसहरूको मृत्युका लागि दोषी ठहर गरिएकी  महिला जासुस ‘माता हारी’लाई फ्रान्सले मृत्युदण्ड दिइयो । उनी विश्व प्रख्यात सुन्दरी थिइन् । आफ्नो सुन्दरतालाई औजारका रूपमा लिई उनले फ्रान्स र जर्मनीका लागि जासुस गर्थिन् ।

चित्रमा सुन्दरताको भाषा

सार्कराष्ट्रका कलाकार यतिखेर नेपालको राजधानीमा छन् । सार्क आर्टिष्ट क्याम्पमा सहभागी हुन आएका उनीहरूले शुक्रबार अन्तरदेशीय कलामा सुन्दरताको बारेमा गम्भीर छलफल गरे भने शनिबार सोही विषयलाई चित्रमा जोडे । फरक देश, फरक संस्कृति र भाषाका कलाकार भए पनि कुचीले बोल्ने विषय सुन्दरता रह्यो । उनीहरूले शनिबार गोकर्ण रिसोर्टको हरियालीमा बसेर ‘सेक्रेट अफ ब्युटी एण्ड ब्युटी विथ नेचर’ शीर्षकमा चित्र कोरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्