वनस्पतीय औषधिको व्यावसायीकरण
नेपाल एउटा भौगोलिक सुन्दरता, औषधिजन्य प्राकृतिक वनस्पतिले हराभरा र परम्परागत उपचार प्रणालीको ज्ञानको प्रष्फुटन भएको मुलुक हो। यहाँ आधुनिक चिकित्सा पद्धति प्रवेश हुनुभन्दा हजारौँ वर्ष पहिलेदेखि नै मानव स्वास्थ्य रक्षार्थ रैथाने वनस्पतीय उपचार विधि अवलम्बन हुँदै आएकोे पाइन्छ।