१७ असार २०८१ सोमबार
image/svg+xml

स्वास्थ्य चौकीमा सिटमोलसमेत पाइँदैन

घोराही उपमहानगरपालिका १० मा रहेको स्वास्थ्य चौकीमा वडावासीले सिटामोलसमेत पाउँदैनन्।

छैन जीवनजल, झाँक्रीको भर

धार्चे गाउँपालिका–३ उहिया स्वास्थ्य चौकीमा निःशुल्क पाइने भनिएको जीवनजल पाइँदैन। झाडापखालाको औषधि जीवनजल लिन पुगेका बिरामी रित्तै फर्कन्छन्। ‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न,’ स्वास्थ्य चौकीका अहेव शुभनारायण दासले भने, ‘सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन्।’ उहिया गाउँमा बिरामीको उपचारका नाममा दैनिक कुनै न कुनै घरमा ढ्यांग्रो बजेकै हुन्छ। ‘स्थानीय बासिन्दा औषधिलाई भन्दा झाँक्रीलाई विश्वास गर्छन्,’ दासले भने।

जीवनजललाई नयाँ जीवन

सरकारले झन्डै एक दशकपछि जीवनजल उत्पादन सुरुवात गरेको छ। लोकप्रिय जीवनजल उत्पादन गर्दै सरकारले नेपाल औषधी लिमिटेडलाई पनि पुन संचालन ल्याएको घोषणा गरेको छ।

सिटामोल र जीवनजल पनि छैन

सदरमुकाम राजविराजबाट मात्रै ५ किलोमिटर पूर्वमा छ तोपा प्राथमिक स्वास्थ्य केन्द्र। जहाँ एमबिबिएस डाक्टरको दरबन्दी छ। तर डाक्टर भने भेटिन्नन् र स्वास्थ्य केन्द्र पनि नियमित खुल्दैन। जिल्लाका ग्रामीण भेगका अन्य सरकारी स्वास्थ्य केन्द्रमा पनि अवस्था करिब यस्तै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्