२३ असार २०८१ आइतबार
image/svg+xml

तेह्रथुममा एक महिलाको रहस्यमय हत्या

तेह्रथुमको आठराई गाउँपालिका-४ ईवा तीनसल्लेमाका २८ वर्षिया बिन्दा पुरीको आज बिहान रहस्यमय हत्या भएको छ। महिलाको तीनसल्लेस्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रशोधन केन्द्रले किसानलाई राहत

लालीगुराँस नगरपालिकाको सोल्लामा जिल्लाकै हालसम्मको ठूलो क्षमताको चिया प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कृषकलाई राहत भएको छ। स्थानीय सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले यो प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि हरियो चियापत्ती जिल्ला बाहिरका उद्योगलाई बेच्ने समस्या टरेको छ।

रक्सी पिएर खुकुरी प्रहार, श्रीमती र आफन्त घाइते

खुकुरी  प्रहार गरेर श्रीमती र पाहुना आएका आफन्तलाई सख्त घाइते बनाएको आरोपमा म्याङलुङ नपा ९ बस्ने बर्ष ५० का रमेश रसाइलीलाई मंगलबार प्रहरीले  पक्राउ गरेको छ।

डिभोर्सका लागि ३० जना पुरुष अदालतमा, घर व्यवहार नहेरेकोदेखि हिंसासम्म अनौठा कारण

तेह्रथुममा ३० जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै तेह्रथमका ३० जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।

जेष्ठ नागरिकलाई लौरो उपहार

जिल्लाका दुर्गम गाउँका जेष्ठ नागरिकहरु अझै स्वास्थ्यको पहुँचमा पुग्न नसकेको भन्दै छथर गाउँपालिकाले घरघर पुगेर स्वास्थ्य परिक्षण र लौरो उपहार वितरण गरेको छ।

रिहा भएलगत्तै विप्लवका तीन जिल्ला नेताले पार्टी छाडे

तेह्रथुममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जिल्ला सदस्य रिहा भएका छन्। २६ दिनअघि पक्राउ परेका म्याङलुङ नगरपालिका ८ बस्ने जिल्ला सदस्य हेमबहादुर लिम्बुलाई ५ हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक नारायण गौतमले बताए।

कानुनको अभावमा कोही पनि अन्यायमा पर्नु हुँदैनः मन्त्री ढकाल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानूनको अभावमा कोही अन्यायमा पर्ने अवस्था अन्त्य गर्ने बताएका छन्।  तेह्रथुम सरोकार समाजले शनिवार टोखा नगरपालिकास्थित टोखा मैदानमा आयोजना गरेको बनभोज कार्यक्रममा सहभागी हुँदै मन्त्री ढकालले कोही पनि अन्यायमा नपर्ने गरी सरकारले कानुन बनाइरहेको बताए। जनमुखी कानुन बनाएर गौरव गर्न लायक काम गर्ने उनको भनाई छ।

सल्यक्रिया गर्न मोबाइल फाेनकाे सहारा

विद्युत आपूर्तिमा समस्या हुँदा जिल्ला अस्पताल तेह्रथुममा प्रसुती गराउन आउने सुत्केरीको मोबाइल फोन तथा इमर्जेन्सी बत्ती बाली सल्यक्रिया गर्न थालिएको छ।

विवाह मण्डपमै कुटिइन बेहुली

विवाहको मण्डपमा बसिरहेकी एक बेहुलीमाथि कुटपिट भएको छ। बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई तेह्रथुम प्रहरीले नियन्त्रणमा लिएको छ ।

शव वाहन नहुँदा समस्या

लालीगुराँस नगरपालिका ८ बस्ने दिलिप लिम्बुको केही महिना अघि सुतेकै ठाउँमा मृत्यु भएपछि सवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याउनका लागि महंगो भाडा तिरेर जिल्ला सदरमुकामबाटै ट्याक्टर झिकाउनु परेको थियो।

तेह्रथुमको समग्र हितका लागि पूर्वाग्रह विना काम गर्छु : मन्त्री ढकाल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले तेह्रथुमको समग्र हितको निम्ति कुनै आग्रह–पूर्वाग्रह विना काम गर्ने बताएका छन्।

तेह्रथुम पावरको बिक्री प्रबन्धक एनआइबिएल एस

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले १० घण्टासम्म अवरुद्ध भएको कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड सुचारु भएको छ।

बजार अनुगमन जारी

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बजार अनुगमनलाई तीब्रता दिएको छ। सडक अभावका कारण गाउँ गाउँमा अखाध्य बस्तुको बिक्री भएको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका मुख्य बजारहरूमा अनुगमनलाई तीब्रता दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्