२४ असार २०८१ सोमबार
image/svg+xml

आजपनि मान्यजनबाट प्रसाद र आशिर्वाद ग्रहण गरिँदै

विजयादशमीको दिन टिका र प्रसाद ग्रहण गर्न नभ्याएकाहरू आजपनि मान्यजनबाट टिका र प्रसाद ग्रहण गरिरहेका छन्।

रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा-आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादशैंलाई बिदा गरेका छन्।

तालबाराही मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

दसैं बुधबार देखि समापन हुँदैछ । बुधबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना बसि समापन हुनेछ । भक्तजन बुधबार रातभर जाग्राम बसेर आराधना गर्नेछन् । दसैंको अन्तिम दिन पुर्णिामाको अवसरमा विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भिड छ ।

पश्चिम तराईमा पर्वको उल्लास

आस्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ।

हिन्दूको कोजाग्रत पूर्णिमा र मुस्लिम समुदायको मोहम्मद डे एकैदिन

हिन्दू धर्मावलम्बीहरुले मनाउने दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ।

राष्ट्रपति आउने भएपछि सडक सरसफाइ

सडकमा फोहर फाल्नु हुन्न भन्ने जानकारी हुँदाहुँदै पनि फाल्नेलाई कारबाही गर्ने नीति स्थानीय प्रशासन र सरकारले लिनुपर्ने सफाइ अभियन्ता बताउँछन्।

बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

आश्विन शुक्ल पूर्णिमाको सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्