२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपाली युवा टोलीमा दुई नयाँ अनुहार

असोज १९ गतेबाट भियतनाममा हुने यु-१७ एसियन कप छनोट २०२३ खेल्ने नेपाली युवा टोलीको घोषणा हुँदा दुई नयाँ अनुहार समेटिएका छन्।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकाको कोलम्बोमा दुई साताअघि सम्पन्न साफ-यु १७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

नेपाली टोली

गोलकिपरः कृशल मोक्तान, समीर चन्द, रुवेन बोगटी,

रक्षकः अश्विन घोरासैनी, सीमान्त थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, धीरज विश्वकर्मा, राम थापा,

मिडफिल्डरः प्रशान्त लक्षम, सरोज दर्लामी, हरिसराज भट्ट, लछु थापा, युनेस बुढाथोकी,

फरवार्डः नीरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम, श्रेयान्स मानन्धर।

२३ सदस्यीय टोलीमा श्रेयान्स मानन्धर र राम थापामगरले स्थान बनाएका हुन्। यी दुवै खेलाडी साफ यु–१७ च्याम्पियनसिपका लागि भएको खुला छनोटको अन्तिम ३० सम्म स्थान बनाए पनि २३ सदस्यीय टोलीमा स्थान बनाउन भने असफल भएका थिए। यस पटक भने श्रेयान्स र रामले टोलीमा स्थान बनाएका हुन्।

साफ च्याम्पियनसिपमा टोलीमा रहेका मिराक लिङ्देन र प्रितम श्रेष्ठले भने टोलीमा स्थान बनाउन सकेकन्। दुवै जना चोटका कारण टोलीबाट बाहिरिएका हुन्। प्रितमको खुट्टा भाँच्चिएको छ भने मिराकको पनि खुट्टामा चोट लागेको छ।

कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित भएको थियो। फाइनलमा नेपालले भारतलाई नतिजा सुम्पिएको थियो। असोज १९ बाट सुरु हुने प्रतियोगितामा नेपालले समूह  ‘एफ’ मा भियतनाम, चाइनिज ताइपेई र थाइल्यान्डको सामना गर्नेछ।

नेपालले पहिलो खेल असोज १९ मा थाइल्यान्डविरुद्ध खेल्नेछ भने दोस्रो खेल असोज २१ मा घरेलु टोली भियतनाम र अन्तिम खेल असोज २३ मा चाइनिज ताइपेईविरुद्ध खेल्नेछ। नेपाली टोली आइतबार भियतनाम प्रस्थान गर्नेछ।

प्रतियोगितामा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। जसमध्ये समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ मा समान पाँच टोली रहेका छन् भने समूह ‘ई’, ‘एफ’, ‘जी’, ‘एच’, ‘आई’ र ‘जे’ मा समान चार टोली छन्। प्रत्येक समूहको समूह विजेताका साथै उत्कृष्ट ६ उपविजेता गरी १६ टोली एफसी यु १७ एसिया कप २०२३ का लागि छनोट हुनेछ।

प्रकाशित: १४ आश्विन २०७९ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App