२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

जितपछि हैदराबादको प्लेअफ सम्भावना बढ्यो

हैदराबाद – ओपनर डेविड वार्नरको आक्रामक ब्याटिङपे्ररित सनराइजर्स हैदराबादले सोमबार किङ्स इलेभेन पन्जाबमाथि ४५ रनको जित हात पार्दै इन्डियन प्रिमियर लिग(आइपिएल) को प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ ।

यस जितपछि १२ खेलमा १२ अंक जोडेको हैदराबाद चौथो स्थानमा यथावत् छ भने समान खेलमा १० अंक जोडेको पन्जाब छैटांै स्थानमा छ। १२ खेलमा १६ अंक जोडेको दिल्ली समान खेलमा समान १६ अंक जोडेको चेन्नई सुपर किङ्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा छ। जारी सिजन दिल्ली प्लेअफमा अहिलेसम्म स्थान बनाउने एक मात्र टोली हो। कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स समान १० अंकका साथ पाँचांै र सातांै स्थानमा छन्। ८ अंकका साथ बैंगलोर आठांै स्थानमा छ।

हैदराबादले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन मात्र जोड्न सक्यो। पन्जाबका ओपनर लोकेश राहुलले सर्वाधिक ७९ तथा मायंक अग्रवालले २७ र निकोसास पुरनले २१ रन जोडे।

११ रन जोड्दा ओपनर क्रिस गेललाई पहिलो विकेटका रूपमा गुमाएको पन्जाबको इनिङ दोस्रो विकेटका लागि राहुल र अग्रवालले ६० रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए।

राहुलले ५६ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दा अग्रवालले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै पुरनले १० बलमा २ चौका र २ छक्का प्रहार गरे। १३औं ओभरको अन्तिम २ बलमा स्पिनर रासिद खानले डेविड मिल्नर र कप्तान रविचन्द्रन आश्विनलाई पवेलियनको बाटो देखाएपछि हैदराबादले खेल पूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रनको योगफल तयार पारेको थियो।

हैदराबादलाई विशाल योगफलतर्फ डो-याउन वार्नरले ८१ रनको योगदान गरे। पहिलो विकेटका लागि ओपनर तथा विकेटकिपर ऋद्धिमन शाहसँग ७८ र दोस्रो विकेटका लागि मनीष पाण्ड्यासँग ८२ रनको साझेदारी गरेका थिए। वार्नरले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। पाण्ड्याले २५ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३६ तथा १३ बलको सामना गरेका शाहले ३ चौका र १ छक्काको मद्दतमा २८ रनको योगदान गरे।

प्रकाशित: १८ वैशाख २०७६ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App