२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

शीर्ष स्थानको कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वारटफाइनलमा

ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

लेभिस स्टेडियममा सम्पन्न समूह ‘डी’ अन्तर्गत भएको आजको अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

समूह ‘डी’ बाट कोलम्बिया एक खेल अघि नै क्वाटरफाइनलमा पुगिसकेको थियो। समूह विजेता बनेको कोलम्बियाले तीन खेलमा अपराजित रहँदै सात अङ्क जोड्यो। अपराजित रहेको ब्राजिलले पनि समान खेलबाट पाँच अङ्क जोड्यो।

खेलको १२औं मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जोन कर्डोबाको पासमा डेनियल मुनोजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए। त्यसपछि कुनै गोल हुन नसक्दा दुवै टोलीले अङ् बाँडे।

यस्तै अन्तिम खेलमा जितेको कोस्टरिका भने कोपा अमेरिका समूहचरणबाटै बाहिरिएको छ।

क्वू टू स्टेडियममा आज बिहान सम्पन्न खेलमा समूह 'डी' को अन्तिम खेलमा कोस्टरिकाले पाराग्वेलाई २(१ गोलअन्तरले पराजित गरेको हो। जितसँगै कोस्टरिकाले तीन खेलबाट चार अङ्क जोडेको छ। तर, उसको क्वारटफाइनल पुग्ने सपना भने अधुरै रह्यो। यस समूहबाट कोलम्बिया विजेता र ब्राजिल उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। पाराग्वे जित र अङ्कबिहीन रह्यो।

पहिलो हाफको सात मिनेटभित्रै फ्रान्सिस्को क्याल्भो र जोसिमार अल्कोसरले गोल गर्दै कोस्टरिकालाई अग्रता दिलाएका थिए। ५५औं मिनेटमा रामोन सोसाले गोल गर्दै पराग्वेलाई २(१ को स्थितिमा ल्याएका थिए। तर, त्यसपछि खेलमा गोल हुन सकेन।

प्रकाशित: १९ असार २०८१ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App