२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेदरल्यान्ड्स र टर्की युरो कप २०२४ को क्वाटरफाइनलमा

नेदरल्यान्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। एलियान्ज एरिनामा मङ्गलवार राति सम्पन्न खेलमा रोमानियालाई ३–० ले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो।

नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ६३ औं मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन। ८३औं मिनेटमा उनकै पामा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तित दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए।

त्यस्तै आज बिहान भएको अर्को खेलमा अस्ट्रियामाथि रोमाञ्चक जित हासिल गर्दै टर्की युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

जर्मनीको लाइप्जिगमा सम्पन्न खेलमा अस्ट्रियामाथि २–१ गोलको जित हासिल गर्दै टर्की अन्तिम आठमा पुगेको हो।

टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरे। यता, अष्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले गरेको गोल सान्त्वना बन्यो।

दोस्रो हाफको ५९औँ मिनेटमा डेमिरलले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए। तर, ६६औं मिनेटमा माइकलले अष्ट्रियाका लागि गोल गरेपछि खेल २–१ को अबस्थामा ल्याए। ।त्यसपछि बाँकी समय थप गोल नहुँदा टर्की विजयी भयो।

प्रकाशित: १९ असार २०८१ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App