२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

अफगानिस्तान र बङ्गलादेश बीचको खेल वास आउट हुँदा को पुग्छ सेमिफाइनलमा?

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत जारी अफगानिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर बङ्गलादेशसमक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

तर, पहिलो इनिङ्ग सकिए पछि पानी पर्न थालेका कारण खेल रोकिएको छ।

एर्नोस भेले ग्राउन्डमा जारी खेलमा वर्षा बाधक बनेका कारण खेल अझै सुचारु हुन सकेको छैन। यदि आजको खेलमा बङ्गलादेशले आफ्नो पारी नै खेल्न पाएन भने खेल वास आउट हुन्छ। यस अवस्थामा दुबै टीमले अङ्क बाँड्छन्।

यदि दुबै टीमले अङ्क बाँड्यो भने अफगानिस्तान ३ अङ्कसहित सेमिफाइनलमा पुग्छ भने बङ्गलादेशको सेमिफाइनल यात्रा सकिन्छ।

प्रकाशित: ११ असार २०८१ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App