२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

अफगानिस्तानले बङ्गलादेशलाई दियो ११६ रनको लक्ष्य

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बङ्गलादेशसमक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो।

एर्नोस भेले ग्राउन्डमा जारी खेलमा अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको पारी खेले भने अन्य कुनैपनि खेलाडी बङ्गलादेशी बलरहरूका सामु धेरैबेर टिक्न सकेनन्।

अजमतुल्लाह ओमरजाई १०, मोहम्मद नाइब १, इब्राहिम जदरान १८ रनमा आउट भए भने कप्तान राशिद खानले नट आउट रहँदै १९ र करिम जनतले नट आउट रहँदै ७ रन बनाए।

बङ्गलादेशका लागि रिसाद होसेनले सर्वाधिक ३ विकेट लिँदा तन्जिम हसन शाकिब र मस्तफिजुर रहमानले समान १/१ विकेट लिए।

प्रकाशित: ११ असार २०८१ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App