२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको लक्ष्य

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकासमक्ष १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सर विवियन रिचर्ड्स स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्जिडले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन बनाएको छ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्वाधिक ५२ रनको पारी खेल्दा काइली मायर्सले ३५ रन जोडे। आन्द्रे रसेलले १५ र अलजारी होसेनले ११ रनको पारी खेले। अन्य कुनैपनि खेलाडी दक्षिण अफ्रिकाका बलरसमक्ष धेरै बेर टिक्न सकेनन्।

प्रकाशित: १० असार २०८१ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App