२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

गुलशनले दिलाए नेपाललाई चौथो सफलता

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा गुलशन झाले नेपाललाई चौथो सफलता दिलाएका हुन्।

आयरल्यान्ड वुल्भ्सका नेल रक ५ रन बनाएर आउट भएका छन्। उनलाई नेपालका गुलशनको बलमा कुशल मल्लले रकलाई क्याच आउट गरेका हुन्।

९ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भ्सले ४ विकेटको क्षतिमा ५८ रन बनाएको छ।

प्रकाशित: १२ चैत्र २०८० १३:४७ सोमबार

गुलशन झा आयरल्यान्ड वुल्भ्स चौथो सफलता