२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

नामी र बुढानीलकण्ठ फाइनलमा

नामी र बुढानीलकण्ठ आइतबार सातौं काष्ठमण्डप अन्तर ‘ए’ लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

४ टिम सहभागी राउन्ड रोबिन लिगमा नामी विजेता र बुढानीलकण्ठ उपविजेता हुँदै फाइनलमा पुगेका हुन्।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ‘ए’ लेभल एकेडेमीको कोर्टमा नामीले मल्पीलाई १२–३, बुढानीलकण्ठलाई ९–८ र काष्ठमण्डपलाई १३–३ ले पराजित ग¥यो। बुढानीलकण्ठले नामीलाई ३०–१० तथा काष्ठमण्डपलाई ६–५ ले हरायो। ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल काष्ठमण्डप र मल्पी ‘बी’ तथा बुढानीलकण्ठ र ओरियन्टबीच हुनेछ।

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको काष्ठमण्डपले मल्पीलाई २०–९, ओरियन्टलाई १४–११ र बुढानीलकण्ठलाई ९–७ ले पाखा लगायो।

प्रतियोगिताको ‘ए’ लेभल को–अर्डिनेटर यादव थपलियाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे। दुईदिने प्रतियोगिताको ब्वाइजमा आठ तथा गल्र्समा चार टोली सहभागी छन्।

प्रकाशित: १४ फाल्गुन २०८० ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App