२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

सातौं ओप्स खेलकुद : हिमश्मिको दुवै टोली सेमिफाइनलमा

हिमरश्मिको ब्वाइज र गल्र्स दुवै टोली सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत बास्केटबल प्रतियोगितामा  सेमिफाइनलमा प्रवेश गरेका छन् ।  अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा हिमरश्मिले प्रगतिलाई २५–१७ ले पराजित गर्‍यो । हिमरश्मिका आयुश थापाले ५ अंक जोडे।

ब्वाइजमै एन्जल्स हार्टले न्युटनलाई २८–१९ तथा सेबले पुष्पकुञ्जलाई ३८–१९ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एन्जल्स हार्टका जितेन्द्र चौधरीले १२ तथा सेबका सुमित राईले ९ स्कोर गरे। सेमिफाइनलमा एन्जल्स हार्टको भेट हिमरश्मिसंग हुनेछ भने सेबले लालीगुराँस नेसनल एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्ने छ।

डाँडागाउँस्थित हिमरश्मिकै कोर्टमा भइरहेको प्रतियोगिताको गल्र्समा हिमरश्मिले न्युटनलाई १६–१२ ले पाखा लगायो । हिमरश्मिकी सिर्जना तामाङले ९ अंक जोडिन्।

अन्य खेलमा सेबले कौशललाई २०–१५, फेरिल्यान्डले प्रगतिलाई १९–१२ र एन्जल्स हार्टले लालीगुराँसलाई २०–१९ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । सेबकी सुस्मिता पराजुलीले ६, फेरिल्यान्डकी स्नेहा महतले ७ र एन्जल्स हार्टकी अन्शु शर्माले ६ स्कोर गरे। सेमिफाइनल एन्जल्स हार्ट र फेरिल्यान्ड तथा हिमरश्मि र सेबबीच हुनेछ।

प्रकाशित: ५ माघ २०८० १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App