२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आयोजक ग्रिनल्यान्डको विजयी सुरुआत

आयोजक ग्रिनल्यान्डले १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २६–१६ ले पराजित गर्यो । त्यस्तै, किङडमले फ्लोरोसेन्टलाई १९–११, फेरिल्यान्डले इबिएलाई १८–११, गोल्डेनपिकले युनिभर्सिटीलाई ३०–२२, हिमरश्मिले बिएमसीएलाई १७–११, एन्जल्स हार्टले पारामाउन्टलाई १६–१४ ले र बिएनएले एलएनएलाई २५–१५ ले हराए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड ‘ए’ ले बिएनएलाई ४०–३५ तथा स्कोलर्स होमले ग्रिनल्यान्ड ‘बी’ लाई ४०–३३ ले पाखा लगाए । सिनियर गल्र्समा ग्रिनल्यान्डले एलएनएलाई २२–१७ तथा केभिकेएसएसले हिमालयलाई ३६–२६ ले पन्छाए । 

प्रकाशित: २९ भाद्र २०८० ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App