२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीलाई उपाधि

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीले आइतबार सातौं स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। निम्स सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स , गोल्डेनपिक जुनियर ब्वाइज र महामञ्जुश्री स्टाफतर्फ च्याम्पियन बनेका हुन्।

बसुन्धारास्थित आयोजक श्री चन्द्रबिन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा निम्सले ज्ञान निकेतनलाई १५–१३ ले पराजित गर्‍यो। सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले डिफेन्डिङ च्याम्पियन निम्सलाई ८–७ को साँघुरो अन्तरले हरायो। जुनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले ज्ञान निकेतनलाई १२–७ ले पाखा लगायो। स्टाफको फाइनलमा साबिक विजेता महामञ्जुश्रीले आयोजक स्किब्सलाई २१–१५ ले पन्छाउँदै उपाधि रक्षा गर्‍यो। उपाधिसँगै महामञ्जुश्रीले १० हजार नगद पुरस्कार हात पार्‍यो।

सिनियर ब्वाइजमा निम्सका दीपसागर सेती महर, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता, जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङछिरिङ शेर्पा र स्टाफमा महामञ्जुश्रीका शैलेश श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई प्रदेश सांसद उद्धव थापा, शिक्षा अधिकारी (टोखा नगरपालिका) खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरूणकुमार केसी र समाजसेवी नवीन खड्काले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए। दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टोली गरी ६४ टोली सहभागी थिए।

प्रकाशित: ८ श्रावण २०८० ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App