२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मान्म बजारका सीसी क्यामेरा प्रयोगविहीन

कालिकोटको मान्म बजारका सीसी क्यामरा।

मान्म बजारका सीसी क्यामरा मर्मत सम्भार नहुदा बेकाम्मे भएका छन्। 

कालिकोट जिल्लाको मान्म बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेराहरूको संरक्षण नहुँदा प्रयोगविहिन अवस्थामा छन्। शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०७६/२०७७ मा मान्मको मुख्य बजार  क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा मर्मत सम्भार अभावमा बेकाम्मे भएका हुन्।

विभिन्न २८ स्थानमा जडान गरिएका सीसी क्यामेरा चल्न छाडेको ११ महिना भन्दा बढी भइसकेको छ। बिग्रिएका क्यामेरा कसले मर्मत गर्ने ? स्पष्ट नहुँदा ४० लाख भन्दा बढीको लगानी बालुवामा पानी सरह भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटको हातामा जडान गरिएका क्यामेरा पनि प्रयोगमा छैनन्। प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालले जिप्रका गेटमा भएको क्यामेराले काम नगरेको आफ्नो कन्टोल रुपको रहेको क्यामेराले मात्र अलि अलि काम गरेको बताए। उनले आज या भोली तिर नगरप्रमुखलाई भेटेर मर्मतका लागि आग्रह गर्ने जानकारी दिए।  

२८ वटा सीसी क्यामेरा मध्ये दुईवटाले मात्र काम गर्छन्। त्यो पनि मान्छे चिन्न सहज हुदैन। धुवाँ, धुलो, पानी, चट्याङका कारणले क्यामरा बिग्रिएको हुन सक्ने अनुमान प्रहरीको छ। तर के कसरी बिग्रे त्यसको खोजि न प्रहरीले गरेको छ न नगरपालिकाले गरेको छ।

सीसी क्यामेरा बिग्रिदा बजार क्षेत्रमा हुने आपराधिक घटना,चोरी,सवारी दुर्घटना लगायतका घटनाको अनुसन्धानमा समेत समस्या आएको प्रहरीको भनाई छ।

बजारमा जडान गरिएका सीसी क्यामेराबाट विगतमा केही घटना भएमा अनुसन्धान गर्न सजिलो भएको थियो। तर अहिले वजारमा चोरीका घटना हुदा समेत प्रहरीलाई अनुसन्धान गरी चोर पत्ता लगाउन सकस छ।  

गत मंसिर १६ गते जिल्ला प्रहरी कार्यालयको मुलगेट अगाडी बिहान ८ वजेर सुन पसल चोरी भयो । तर अहिले सम्म प्रहरीले चोर को हो भनेर पत्ता लगाउन सकेको छैन।  

खाँडाचक्र नगरपालिका प्रमुख कमलवहादुर शाहीले सुरुमा बजार वत्ती देखि सीसी क्यामेरा जडान गर्नेले आउछु र वनाउछु भनेको तर नआएको बताए। उनले अव चाडवार्ड आएकाले तत्काल बनाउनु पर्ने भन्दै पुनः खवर गर्ने प्रतिक्रिया दिए। उनले भने ‘सीसी क्यामेरासंगै सडक वत्ती पनि प्रयोगमा छैनन्। धेरै भयो। आफु संग वजेट नभएकाले बनाउन सकिएको छैन। सुरुमा वनाउनेले पहिलो पटक बिग्रेमा उसैले बनाउने सम्झौता रहेछ। तर आउछु भन्छ आउदैन।’  

सिसिटिभी क्यामरा जडानका लागि कर्णाली प्रदेश सरकारको  २० लाख रूपैयाँ, खाँडाचक्र नगरपालिकाको १० लाख रुपैयाँ र वित्तीय संस्था तथा अन्य संघ संस्थाको १० लाख रुपैयाँ खर्च भएको थियो।

प्रकाशित: १५ भाद्र २०७९ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App