२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टियो

फइल तस्बिर।

दाङस्थित राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टिएको छ। लमही नगरपालिका-९ स्थित तरुलियाबाट राप्ती पारी राजपुर गाउँपालिकास्थित सिक्टामा रहेको विद्यालयमा पढ्न जाने क्रममा उनीहरु चढेको ढुंगा पल्टिएको हो।

बीच नदीमा डुंगा पल्टिएपछि विद्यार्थीहरु पौडिएर नदीबाट बाहिर निस्किएका थिए। दुई जनाको भने बेहोस् अवस्थामा उद्धार गरिएको र अहिले उनीहरुको पनि अवस्था सामान्य भैसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए।

‘नदीमा डुंगा पल्टिएपछि विद्यार्थीहरु पौडिएर बाहिर निस्कीएका रहेछन्,’ एसपी काफ्लेले भने ‘दुई जनाको भने बेहोस् अवस्थामा उद्धार भएको रहेछ, लमहीमा उपचार पछि अहिले उनीहरुको पनि अवस्था सामान्य भैसकेको छ।’

उनका अनुसार सानो डुंगामा धेरै जना रहेका कारण डुंगा पल्टिएको हो। ‘विद्यार्थीहरु २५ जना एकैपटक डुंगा चढेर राप्ती पार गर्न थालेका रहेछन्,’ एसपी काफ्लेले भने ‘डुंगामा धेरै जनाको भार भएपछि राप्ती नदीमा डुबेको हुन सक्छ।’

लमही-९ को तरुलियादेखि राप्ती पारी राजपुर सिक्टा जानका लागि राप्ती नदीमा पुल छैन। त्यहाँ रहेको माध्यामिक विद्यालयमा अध्ययन गर्ने तरुलियाका विद्यार्थीहरु दिनहुँ डुंगाबाटै विद्यालय पुग्ने गर्दछन्।  

प्रकाशित: २ भाद्र २०७९ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App