२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासबाट खटिएको टोलीले सर्लाहीको कौडेना गाउँपालिकामा छापा हानेको छ। टोलीले गाउँपालिकाको कार्यालयमा भएको अनियमितताबारे महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको बुझिएको छ।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव र लेखापाल हरिनारायण शाहसँग अनियनिमितताबारे सोधपुछ भइरहेको छ।

अख्तिायारका प्रवक्ता श्याम भण्डारीले आफूलाई छापा मारेको विषयमा जानकारी नभएका प्रतिक्रिया दिएका छन्। उनले भने, 'यो विषयमा मलाई केही थाहा छैन। यदि बर्दिबासको टोली गएको रहेछ र यसबारे उनीहरुले मलाई रिपोर्टीङ गरे भने मात्र मैले प्रतिक्रिया दिने छु।'

अहिले गाउँपालिका वरिपरि सुरक्षा टोली खटाइएको छ भने गाउँपालिका भित्र प्रवेशमा रोक लगाइएको छ। गाउँपालिकाका लेखापाल र प्रशासकीय अधिकृतसँग अख्तिायारको टोलीले सोधपुछ गरिरहेको बुझिएको छ।

प्रकाशित: १५ चैत्र २०७८ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App