२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो लुगा

कपिलवस्तुका २ दक्षिणी पालिकामा रहेको साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो कपडा बाडिएको छ। प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा मायादेवी र शुद्धोधन गाउँपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री वितरण गरिएको हो।

बेलायतको दातृनिकाय ईस्लामिक रिलिफ नेपालको सहयोगमा लुम्बिनी एकिकृत विकास संस्था (लिडो) नेपालले शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका गरिब र विपन्नलाई न्यानो कपडा र सामाग्री वितरण शुरु गरेको हो। शुद्धोधन गाउँपालिकाका ३ सय ५५ र मायादेवी गाउँपालिकाका ३ सय ९८ परिवारलाई सो सामाग्री वितरण गरिएका छन्।

प्रत्येकलाई २४ प्रकार सामाग्री मध्य बढि प्रति परिवार ७ हजार ५ सय बराबरका न्यानो कपडा र सामाग्री वितरण गरिएको हो। वितरीत सामाग्रीमा ब्लाककेट, डसना, सिरक, ज्याकेट, केटली, उनि लुगा लगायतका सामाग्री छन्। संस्थाले वितरण गरेको न्यानो कपडा र सामाग्रीले आफूलाई ठूलो राहत मिलेको लाभग्राही बिन्दु नटुवाले बताइन्। 

सांसद कमालको पहलमा आयोजना गरिएको न्यानो लुगा वितरण कार्यक्रममा पालिकाका गरिब र विपन्न नागरिकलाई राहत मिलेको शुद्धोधन ५ का वडा अध्यक्ष अशुतोष कुमार सिंहले बताए। न्यानो लुगा वितरण कार्यक्रम अन्र्तगत शुद्धोधनका ३ सय ५५ परिवार र मायादेवी गाउँपालिकाका ३ सय ९८ गरि कुल ७ सय ५३ गरिब र विपन्न परिवारलाई सामाग्री वितरण गरिने लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले जानकारी दिइन्।

सांसद अतहर कमालले गरिब वर्गको आयआर्जन सगै सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउने बताए। हाल दुई गाउँपालिकामा सञ्चालित उक्त कार्यक्रमलाई कपिलवस्तु नगरपालिका र वाणगंगा नगरपालिकामा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए। कार्यक्रम अन्र्तगत सामाग्री प्राप्त गर्ने प्रत्यक लाभग्राहीलाई भौचर मोडालिडी अनुसार सामान वितरण गरिएको ईस्लामिक रिलिफ नेपालकी कार्यक्रम प्रबन्धक प्रज्ञा अधिकारीले बताइन्।

प्रत्येक लाभग्राहीलाई दिइएको २४ वटा सामाग्रीको विवरण सहितको भौचरबाट प्रत्येकले आफूलाई आवश्यक पर्ने ७ हजार ५ सय बराबरको सामाग्री लिने गरेको उनले बताइन्। आफूहरुले नेपालमा पछिल्ला तीन वर्ष यता ६ वटा जिल्लामा काम गर्दै आएको ईस्लामिक रिलिफ नेपालका कन्ट्री डाईरेन्टर तल्हा जमालले बताए। आगामी समयमा दिगो विकासका कार्यक्रमलाई लक्षित गरि लगानी गर्ने योजना रहेको उनले जनाए। 

प्रकाशित: ५ फाल्गुन २०७८ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App