२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले जलाए मोदीको पुत्ला

नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्। दार्चुला घटनाको विरोधमा विद्यार्थीहरुले शुक्रबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै मोदीको पुत्ला जलाएका हुन्।  

गत साउन १५ मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए। 

घटनाबारे छानविन गर्न बनाएको गृहमन्त्रालयका सहसचिव नेतृत्वको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ।

विद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए।

प्रकाशित: १८ भाद्र २०७८ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App