२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ। उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरुस्कार प्रदान गर्ने भएको छ।  

कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ। नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए। रासस

प्रकाशित: १ फाल्गुन २०७७ ०१:४३ शनिबार

भीमदत्त नगरपालिका उत्कृष्ट