२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

विपन्न परिवारलाई झण्डै २ लाखको न्यानो कपडा

नेपाली कांग्रेस कास्कीकी सहसचिव रंगीला पौडेल आचार्यले ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेकी छन् ।  

पोखरा महानगरपालिका–२७ अर्चलेस्थित बाह्रघर आमा समूहमार्फत ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोमा लगाउने टिसर्ट, पछ्यौरा तथा सिरक वितरण गरेकी हुन् ।  

कार्यक्रममा उन्नतशील आमासमूह, शिरोमणि आमासमूह, जनहित आमासमूह, अर्चले बाह्रघर आमा समूहमा आबद्ध ज्येष्ठ नागरिक सहित करिब १ सय जनालाई १ लाख ८० हजार रुपैयाँ बराबरको कपडा वितरण गरेकी हुन् ।

आफ्नो जन्मथलो समेत भएको कारण सो क्षेत्रमा रहेका ज्येष्ठ नागरिक तथा विपन्नवर्गको सम्मानमा न्यानो कपडा वितरण गरेको उनले बताइन् । कोरोना संक्रमणको बेला समेत आचार्यले गाउँलेका लागि स्वास्थ्य सुरक्षाका सामाग्री मास्क, सेनिटाइजर समेत वितरण गरेकी थिइन् ।

प्रकाशित: १६ माघ २०७७ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App