२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

आठजना जिल्ला न्यायाधीश सिफारिस

लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका आठ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले लोकसेवा पास भएका आठ जनाको नाम सिफारिस गरेको हो।  

जसमा कमलकान्त जोशी इजलास अधिकृत सर्वोच्च अदालत, नारायण सापकोटा स्रेस्तेदार, जाजरकोट जिल्ला अदालत, वसन्तराज जोशी शाखा अधिकृत, फैसला कार्यान्वयन निर्देशनालय, मनिराम ज्ञवाली निर्देशक (कानुन), महालेखा परीक्षकको कार्यालय रहेका छन्। 

त्यस्तै, अन्जनराज सापकोटा उपरजिस्ट्रार सर्वोच्च अदालत, नीतिज राई उपसचिव अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल, तिलक कार्की निर्देशक फैसला कार्यान्वयन निर्देशनालय र चन्द्रमणि चापागाईं शाखा अधिकृत सर्वोच्च अदालत रहेका छन्।

प्रकाशित: १९ असार २०८१ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App