२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

चितामा पनि छोराछोरीकै चिन्ता

‘आमा, छोराछोरी छैनन् तपाईंका ?’, नागरिक संवाददाताको प्रश्नसँगै आमाले मलीन स्वरमा भनिन्, ‘छोराछोरी भएर के गर्नु भएजस्तो अनुभूति हुँदैन। बुढेसकाल लागिसक्यो त्यही पनि उनीहरूकै पिरले सताउँछ।’ उनको यही एउटा वाक्यले सारा व्यथा बतायो। त्योभन्दा ज्यादा प्रश्न गर्ने ठाउँ थिएन। आमाका छोराछोरी छन्। उनीहरूको आफ्नै संसार छ। छोराछोरीको संसारमा ती आमा अटाइनन्।

काठमाडौंको प्रवेशद्वार थानकोटस्थित पानीघाटमा जस्तापाताको टहरोमा व्यापार गरिरहेकी सजनमाया तामाङ भन्छिन्, ‘छोराछोरी भएर के हुने रहेछ र आखिर ? हुनुभन्दा नभएकै मनलाई धेरै शान्ति। छोराछारी भए सयधन्दा नभए एकै धन्दा।’ तर त्यस दिन निकै दुखेको जस्तो देखिन्थ्यो उनको मन।

उनी हाँस्दै छोरालाई झैं सोध्छिन, ‘बाबु, के खान्छौ ? यहाँ खाना खाजा सबै पाइन्छ। के खान मन छ तिमीलाई ? म त्यही बनाइदिन्छु।’

‘तीन छोराकै चिन्ताले अनुहार मलिनो भए पनि पसलमा आएका ग्राहकसँग उनी हाँस्ने गर्छिन्। आफ्नै छोराहरूका मुखबाट आमा भन्ने शब्द कम सुने पनि पसलमा दिनभर आवतजावत गर्ने ग्राहकहरू सबैले मिठो स्वरमा ‘आमा’ भनेर बोलाउँदा उनी हर्षित हुन्छिन्।

रातो पहिरन धोती र टिसर्टमा सजिएकी सजनमायाको दिनचर्या व्यापारमा बितिरहेको छ। चित्लाङ जाने बाटोमा खोलिएको उनको पसलमा यहाँ केके खाजा पाइन्छ आमा भन्दै थुपै्र ग्राहक आउने गर्छन्। उनी हाँस्दै छोरालाई झैं सोध्छिन, ‘बाबु, के खान्छौ ? यहाँ खाना खाजा सबै पाइन्छ। के खान मन छ तिमीलाई ? म त्यही बनाइदिन्छु।’

बर्खाको झरीले रुझेको दाउराको आगो नबल्दा उनी पूरै बल लगाएर सासले फुँफुँ फुक्दै भन्छिन्, ‘नानी, जो मान्छे बाहिरबाटै जति हँसिलो देखिन्छ, त्योभन्दा बढी भित्रभित्रै गलिरहेका हुन्छन्। यो हाँसो त केवल देखावटी मात्रै हो।’

मनभरि पीडाको भारी भए पनि सहयोगी हात उनका पति छन्। जिन्दगीमा कति दुःख गरियो, त्यो सबै पार पनि भयो, तर छोराछोरीको चिन्ताले कहिल्यै नछाडेकोमा उनी बिलौना गर्छिन्। ‘बस्छौं बुढाबुढी खान्छौं गेडागुडी। कसैले केही गर्दैनन्। चिन्ता नगर बुढी, म छु त’, टहरोको पल्लो कोठामा सुतिरहेका कृष्ण तामाङ पत्नीले चाउचाउ पकाउँदै गरेको भान्छामा आँखा मिच्दै आउँछन्, ‘हामीलाई खानलाउन पुगेकै छ। छोराछोरीलाई हुर्काउने, बढाउने र पढाउने धर्म गरेकै छौं। उनीहरू कमाउन सक्ने भइहाले अब केका लागि चिन्ता गर्छेस्। नगर बुढी।’

चित्लाङ कुलेखानी जाने बाटोमा २४ वर्षदेखि व्यापार गर्दै आएका ती बुढाबुढीको अनुहार हँसिला छन्, तर उनीहरू भित्रैबाट ठुलै चिन्ताले घेरिए झैं देखिन्थे। बर्खाको झरीले रुझेको दाउराको आगो नबल्दा उनी पूरै बल लगाएर सासले फुँफुँ फुक्दै भन्छिन्, ‘नानी, जो मान्छे बाहिरबाटै जति हँसिलो देखिन्छ, त्योभन्दा बढी भित्रभित्रै गलिरहेका हुन्छन्। यो हाँसो त केवल देखावटी मात्रै हो।’

सजनमायाले फाइनान्सलाई विश्वास गर्दा ७/८ लाख रूपैयाँ डुबेको तीतो कथा छ। ‘दुःखी गरिबको पैसाले कसैलाई पनि भलो हुँदैन। अरूलाई रुवाएर खाएको पैसाले एक दिन अवश्य पोल्छ। त्यो समय आउन पनि धेरै दिन लाग्दैन। एक दिन रमाउलान्, तर दश दिन रुनुपर्छ’, चिसो दाउरा नबलेको रन्कोमा उनले भनिन्।

आमा छोराछोरीको चिन्ताले साह्रै निराश छिन्। यो निराशा कति आँसु बनेर त कति रिस बनेर  पोखिइरहेका छन्। ‘यति धेरै मेहनत गरेर कमाएको पैसा अलिअलि त जोगाउनु पनि भएको होला नि ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘के कमाउनु र बाबै ? एउटा कमाउने अर्कै रमाउने भनेजस्तै छ। छोराहरूलाई पढायौं। घर बनायौं। अलिअलि जम्मा गरेको पैसामा फाइनान्स रमायो। गाउँमा जुनजुन फाइनान्स छिर्‍यो, त्यसैमा पैसा राख्ने गरेका थियौं। के गर्नु कुनै फाइनान्सले छाडेनन्, दुःखले कमाएको पैसा माटोमै मिल्यो।’

सजनमायाले फाइनान्सलाई विश्वास गर्दा ७/८ लाख रूपैयाँ डुबेको तीतो कथा छ। ‘दुःखी गरिबको पैसाले कसैलाई पनि भलो हुँदैन। अरूलाई रुवाएर खाएको पैसाले एक दिन अवश्य पोल्छ। त्यो समय आउन पनि धेरै दिन लाग्दैन। एक दिन रमाउलान्, तर दश दिन रुनुपर्छ’, चिसो दाउरा नबलेको रन्कोमा उनले भनिन्।

उनको खुसी ससाना कुरामा अडिएको छ। त्यहाँ आमालाई यसैगरी माया गर्ने अरू थुप्रै ग्राहक आउँछन्। हिउँचुली खाजा पसल चलाएर बसेका तामाङका बुढाबढी आपसको झगडासँगै माया पनि मिसिएको छ।

लोकल कुखुरा, बिस्कुट, चाउचाउदेखि पेय पदार्थ पनि बेच्दै आएकी ती आमा आफ्ना पतिसँग बेलाबेलामा भनाभन पनि गर्छिन्। ‘यो बुढालाई राम्रोसँग व्यापार गर्न अझै आएन। रक्सी खाएका मानिसले करायो भने उल्टै झगडा गरेर बस्छ । कस्तो बुढो हो। रक्सी खाएको मान्छेसँग पनि झगडा गछन् त ? हेर न नानी, कहिलेकाहीं रक्सी खाने मान्छे आउँछन् अनि हल्ला धेरै गर्‍यो भनेर मेरो बुढा त्यसै कराउँछन्। रक्सी खाएको मान्छे हल्ला गरिहाल्छन् नि’, १५/२० वटा लोकल कुखुरालाई खोरमा थुन्न तु आआ....तु आआ... भन्दै उनले भनिन्।

पसलमा आएका मानिसले चाउचाउ एक प्याकेटको मूल्य सोधेर ‘महँगो भो’ भनिदिनुपर्छ, उनका पतिका रिस नाकको टुप्पोमा पुग्छ। अझ सामान उचाल्नु, मूल्य सोध्नु अनि छाडेर हिँडिदिनुपर्छ, ती आमाका पतिले ग्राहक अलि पर पुग्दासम्म गाली गरिरहन्छिन्, ‘एक प्याकेट चाउचाउको मूल्य २५ रूपैयाँ हुदाँ महँगो भयो रे ? तिमीहरू कुनै होटलमा पुगेर खानुपर्दा चाहिँ जति पनि तिर्न सक्ने अनि हाम्रोजस्तो दुईचार रूपैयाँ होला कि भनेर बाटोमा मान्छे हेर्दै बसेकासँग चाहिँ आएर सामान महँगो भयो रे ? त्यस्तोलाई कस्तो जवाफ दिने त ?’

काठमाडौं आएकी उनले वर्षौं अघिबाट सडकपेटीमा सामान राखेर व्यापार सुरु गरेसँगै सडकमा सवारी र मान्छेको चाप बढ्दै गयो । बच्चैदेखि दुःख गरेकी उनलाई बुढेस्काल लाग्दा पनि दुःखले पच्छ्याइरह्यो।

पेट पाल्न भनेर बसेका ती बुढाबुढीको जोडीमध्ये सजनमायाका पति अलि चाँडो रिसाउँथे भने उनीचाहिँ अलि भिन्न थिइन्, तर ती आमा खुसी हुँदै ग्राहकको रोजाइअनुसारको खाजा बनाउँछिन्। उनको खुसी ससाना कुरामा अडिएको छ। त्यहाँ आमालाई यसैगरी माया गर्ने अरू थुप्रै ग्राहक आउँछन्। हिउँचुली खाजा पसल चलाएर बसेका तामाङका बुढाबढी आपसको झगडासँगै माया पनि मिसिएको छ।

काठमाडौं आएकी उनले वर्षौं अघिबाट सडकपेटीमा सामान राखेर व्यापार सुरु गरेसँगै सडकमा सवारी र मान्छेको चाप बढ्दै गयो । बच्चैदेखि दुःख गरेकी उनलाई बुढेस्काल लाग्दा पनि दुःखले पच्छ्याइरह्यो।

पसलमा मान्छेले टिल भएर पेय पदार्थ खाए पनि पैसाचाहिँ दिने गरेको आमा बताउँछिन्, ‘बिहान आठ बजेदेखि कहिले त राति एक बजेसम्म पनि बस्नुपर्छ। बिहानदेखि बेलुकासम्म आगोमा बस्नै गाह्रो हुन्छ। काम गरेअनुसार पैसा छ । परिवार पाल्न पुगेकै छ।’

मोलमोलाइ नगरी ग्राहकले खाएको एक कप दुध चियामा पनि ती आमाको लामो खुसी मिसिएको हुन्थ्यो । शुक्रबार र शनिबार धेरै ग्राहक आएर लोकल कुखुराको भाले काटेर खानासँगै पेय पदार्थ खाएको दिनमा करिब १५ हजारको व्यापार हुने उनी सुनाउँछिन्, तर दिनमा व्यापारै भएन भने पनि ४/५ हजारको व्यापार हुने सजनमाया आमाले बताइन्।

‘कुनैकुनै दिन त रक्सी खाने मान्छे आएमा राम्रै व्यापार हुन्छ। रातको १२ बजेसम्म उनीहरू सुकुटीसँग रक्सी खाएर बसेका हुन्छन्। सामानको मूल्य कटाएर आउने नाफा मात्रै मेरो कमाइ हो’, आमा भन्छिन्, ‘खानेभन्दा बढी जुध्ने आउँछन्। आफू त खायो खायो नखाको मान्छेसँग जुध्न जाने त्यो बानी साह्रै नराम्रो हुन्छ कोही मान्छेको।’

पसलमा मान्छेले टिल भएर पेय पदार्थ खाए पनि पैसाचाहिँ दिने गरेको आमा बताउँछिन्, ‘बिहान आठ बजेदेखि कहिले त राति एक बजेसम्म पनि बस्नुपर्छ। बिहानदेखि बेलुकासम्म आगोमा बस्नै गाह्रो हुन्छ। काम गरेअनुसार पैसा छ । परिवार पाल्न पुगेकै छ।’

उमेरले ६० कटे पनि ती बुढाबुढीमा काम गर्ने जोस–जाँगर तन्नेरी झैं छ। ती दुईबिचको माया अतुलनीय भएसँगै जिस्कँदै ख्यालठट्टा गर्दै उनीहरूको दिनचर्या आनन्दमयका साथ बितिरहेको छ, एउटै कुरा सन्तानको माया मात्रै खट्किएको छ।

प्रकाशित: १९ असार २०८१ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App