२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बिहानैदेखि कोशी, लुम्बिनी र कर्णालीमा पर्दैछ पानी, यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ।

महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ।

यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ असार १७ गते (सोमवार)

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका केही स्थानहरूका मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८१ असार १८ गते (मङ्गलवार)

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: १६ असार २०८१ ०६:३३ आइतबार

#thunder #bagmati #weather #koshi #gandaki #heavy rain