२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

जेष्ठ नागरिक र अपाङ्गतालाई छाता उपहारसहित सम्मान

क्याप्सनः जेष्ठ नागरिकलाई छाता उपहार दिँदै वडाध्यक्ष टंकप्रसाद आचार्य।

उदयपुरमा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई छाता उपहारसहित सम्मान गरिएको छ। बेलका नगरपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घाम पानीबाट बचाउन छाता उपहारसहित सम्मान गरेको हो। वर्षायाममा झरीबाट बच्न छाता उपहार प्रदान गरिएको वडाध्यक्ष टंकप्रसाद आचार्यले जानकारी दिए।  

उनका अनुसार बिहीबार दिउँसो वडा कार्यालयमै ‘जेष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिहरुलाई सम्मान कार्यक्रम’को आयोजना गरी छातासहित  सम्मान गरिएको हो। वडाध्यक्ष टंकप्रसाद आचार्य र सदस्यहरुले ८४ वर्षमाथिका २१ जना बृद्धबृद्धासहित ६७ जेष्ठ नागरिक र अपाङ्ता व्यक्तिलाई छाता प्रदान गर्दै सम्मान गरेको जनाएको छ।

कार्यक्रममा ‘क’ बर्गका जेष्ठ नागरिक बृद्धबृद्धालाई छातासहित नगद जनही १ हजार प्रदान गरिएको हो। उनीहरुलाई सम्मान गर्दै वडाध्यक्ष आचार्यले बृद्धाबस्थामा हिँड्डुल गर्दा घाम पानीबाट बँच्नुपर्ने आवश्यक महसुस गर्दै सजिलोका लागि छाता प्रदान गरिएको बताए। वर्खा याममा चर्को घाम लाग्ने र कति बेला पानीपर्ने ठेगानै नहुने भएकाले छाता अनिवार्य हुने देखेर यो कार्यक्रम ल्याएको वडाध्यक्ष आचार्यको भनाई छ।

यस्तै,छाता पाएपछि बृद्धबृद्धाहरु दङ्ग परेका र जनप्रतिनिधिलाई धन्यबाद दिँदै खुसी व्यक्त गरेको छ। १ हजार नगद र छाता पाएकी ९७ वर्षीया बृद्धा टीकासरी राईले घामपानीबाट बँच्न अव सजिलो हुने बताईन्। ‘झरी र बर्खाको यो मौसममा हामी बुढाबुढीलाई छाता चाहिराख्याथ्यो’ उनले हाँस्दै धन्यबाद दिईन् ‘वडाध्यक्ष बाबुले छाता दियौ, धन्यबाद छ है!’  

छाता वितरण कार्यक्रम वडाको स्वीकृती वार्षिक कार्यक्रम अनुसार सामाजिक सुरक्षा शीर्षक अन्तर्गत सञ्चालन गरिएको वडा सचिव कमलेश महतोले बताए। उनका अनुसार वडाका सामाजिक सुरक्षा लाभग्राही सबैलाई यसले समेटेको छ। 

स्थानीयबासी युवा तथा नगरप्रमुख अशोक कार्कीका प्रेस सल्लाहकार धु्रब कोईरालाले यो कार्यक्रमले बृद्धबृद्धा र अपाङ्गता भएकाहरु लाभान्वित भएको दाबी गरे। 

प्रकाशित: १४ असार २०८१ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App