२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मझौला र हेभी गाडीको पनि ट्रायल खुला

फाइल तस्वीर

बागमती प्रदेश सरकारले करिब डेढ महिनादेखि बन्द हेभी तथा मझौला गाडी मिनिबस, मिनि ट्रक, लहरी, बस, ट्रकको प्रयोगात्मक परीक्षा (ट्रायल) खुला गरेको छ। मोटरसाइकल तथा मिनी गाडीको ट्रायल भने गत जेठ ३२ गतेदेखि नै खुला भइसकेको छ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार मझौला तथा हेभी गाडीको ट्रायल परीक्षा लिइरहेका उपत्यकाका तीनवटा ट्रायल सेन्टर यातायात व्यवस्था कार्यालय भक्तपुर राधेराधे, यातायात व्यवस्था कार्यालय एकान्तकुना तथा यातायात व्यवस्था कार्यालय ठुलो भ¥याङलाई शुक्रबारदेखि नै ट्रायल खुला गर्न अनुमति दिएको छ।

मन्त्रालयका सचिव बलराम निरौलाले उपत्यकाका तीनवटा ट्रायल सेन्टरहरूले शुक्रबारदेखि मझौता तथा हेभी गाडीको ट्रायल खुला गर्न सक्ने बताए। उनले भने, ‘ट्रायल खुला गर्न हामीले अनुमति दिइसकेका छौं।’

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीले एकान्तकुनामा हेभी तथा मझौला गाडीको प्रयोगात्मक परीक्षा लिन आइतबारदेखि अनलाइन फाराम भर्न सकिने बताए। यसैगरी यातायात व्यवस्था कार्यालय राधे राधेका प्रमुख दण्डबहादुर बस्नेतले सोमबारदेखि राधेराधेमा मझौला तथा हेभी गाडीको प्रयोगात्मक परीक्षा लिन सुरु गर्ने बताए।

मोटर साइकल तथा मिनी गाडीका ट्रायल लिइरहेका इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि, एकान्तकुनाले गत जेठ ३२ गतेदेखि नै प्रयोगात्मक परीक्षा लिन सुरु गरिसकेका छन्।

सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको भन्दै सतर्कता केन्द्रले निर्देशन दिएपछि गत जेठ २ गतेदेखि उपत्यकाका ट्रायल सेन्टरहरूले प्रयोगात्मक परीक्षा लिन बन्द गरेका थिए।

बन्द भएका ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक संरचना तयार गरेका छन् कि छैनन् भनी मन्त्रालय र केन्द्रले छुट्टाछुट्टै टोली बनाएर निरीक्षण गरेका थिए। निरीक्षणपछि तोकिएको मापदण्ड ट्रायल सेन्टरहरूले भौतिक संचरना पूरा गरेको रिपोर्ट तयार गरिएको थियो।

यसअघि, सतर्कताले गत चैतमा एउटा टोली बनाई उपत्यकाका ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक संचरना तयार गरेको÷नगरेको विषयमा विस्तृत अध्ययन तथा निरीक्षण गरेको थियो।

प्रकाशित: १४ असार २०८१ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App