२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

अविरल वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा

अविरल वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका छन्।

विराटनगरको वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका कारण बढी प्रभावित भएको विराटनगर महानगरपालिकाले जनाएको छ।

कति घर परिवार डुबानका कारण विस्थापित भएको र डुबानले भएको क्षतिको विवरण भने प्राप्त भई नसकेको विराटनगर महानगरपालिकाकी सूचना अधिकारी अनिता न्यौपानेले बताइन्।न्यौपानेका अनुसार विराटनगर महानगरपालिकाको वडा नं १४ को गौशाला क्षेत्र, बखरी र दरैयाका बासिन्दा विस्थापित भएका छन्।

विस्थापितहरूलाई स्थानीय स्कुलहरूमा राखिएको छ ।  अन्य धेरै ठाउँमा बाढी पसेको र मानिसहरूलाई सुरक्षित ठाउँमा राख्ने काम भइरहेको छ । सबै विवरण प्राप्त नभए पनि विहाननै देखि नगर प्रहरी,नेपाल प्रहरी, जनप्रतिनिधिहरू र स्वयंसेवकहरू डुबान प्रभावितहरूको उद्धारमा खटिएको न्यौपानेले जानकारी दिइन्। 

उनका अनुसार डुबान प्रभावित र विस्थापितहरूलाई खाद्यान्नलगायत आवश्यक  राहतका सामाग्री  महानगरपालिकाले तयारी अवस्थामा राखेको छ। विराटनगर स्थित सिंघिया खोला, र केशलिया खोला नगरका विभिन्न भागबाट बस्तीमा पसेको छ। 

प्रकाशित: १२ असार २०८१ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App