२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

जङ्गली च्याउ खाँदा मकवानपुरमा एक हप्तामै ३ को मृत्यु

जङ्गली च्याउ खाएका कारण मकवानपुरमा वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्।यस वर्ष पनि एक हप्ताको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् भने १६ जना बिरामी परेका छन्।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका ३ जनाको मृत्यु हुँदा १६ जना बिरामी भएका हुन् । जङ्गली च्याउ खाएका कारण असार ८ गते कैलाश ९ नामटारका ४ वर्षका दीपेश लामाको मृत्यु भएको हो।असार ४ गते नामटारका विनोद लामाको परिवारका सदस्यले जङ्गली च्याउ खाँदा उनको ४ वर्षका छोरा दीपेश बिरामी परेका थिए। उपचारका लागि चितवन मेडिकल कलेज लगेकोमा आफू खुसी अस्पतालबाट घर ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालले जानकारी दिए। ९ गते राक्सिराङ ७ दुगुवाङका बलबहादुर प्रजाले जङ्गलबाट ल्याएको च्याउ खाँदा परिवारका ५ जना बिरामी परेका थिए।

बलबहादुरको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो। नको परिवारका ४ जना उपचाररत रहेका छन् । जङ्गली च्याउकै कारण १० गते सोमबार कैलाश ९ नामटारका २५ वर्षकी निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ३ गते बिरामी भएर उपचाररत् उनको सोमबार मृत्यु भएको प्रहरीले बताएको छ। हेटौडा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।एक हप्ताको अवधिमा च्याउ सेवनबाट १९ जना बिरामी भएको र जसमध्ये ३ जनाको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख रिजालले बताए। ८ जना सामान्य बिरामी रहेका छन् भने ८ जनाको चितवनको सरकारी अस्पतालमा उपचार भइरहेको उनले बताए।

च्याउका कारण मकवानपुरगढी ६ सानुसल्लेका ३२ वर्षका सानु कान्छा पाख्रिन, २८ वर्षीया सुविता पाख्रिन, ५ वर्षका सुशान्त पाख्रिन, ११ की सोनिया पाख्रिन, ४६ वर्षका श्याम पाख्रिन, ४३ वर्षीया एलिजा पाख्रिन, ६ नम्बर वडाका ६ वर्षका समीर थिङ र वर्षीया सानु कान्छी भुलुन बिरामी भएका छन्। यस्तै राक्सिराङ ७ दुगुवाङका ४५ वर्षीया जालीमाया प्रजा, १५ की रेन्जु प्रजा, ८ वर्षीया सविना प्रजा र १० वर्षका सुसल प्रजाको चितवनमा उपचार भइरहेको छ।

च्याउ खाएरै राक्सिराङ ८ लाचेका २१ वर्षका भुवल प्रजा, २१ वर्षकै रतिमायाँ प्रजा, ३ वर्षका समिक प्रजा र १८ वर्षका पूर्ण प्रजा बिरामी भएका छन्। वर्षाको समयमा जंगलमा उम्रिने च्याउलाई विशेष गरी जनजाति समुदायले तरकारीको रुपमा प्रयोग गर्दै आएका छन्।विषालु च्याउ चिन्न नसक्दा धेरैले अकालमै ज्यान गुमाउन बाध्य भएका हुन्।

प्रकाशित: ११ असार २०८१ १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App