२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बुढी खोलामा अचानक आएको बाढीले बगाउँदा एकको मृत्यु, तीन बेपत्ता

फाइल तस्बिर

बुढी खोलामा मंगलबार अचानक आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । अन्य तीनजना बेपत्ता भएका छन्। एक जनालाई भने उद्दार गरिएको छ ।  

बाढीले बगाउँदा मोरङ सुन्दरहरैँचा वडा नं. ५ की ३५ वर्षे प्रेमकुमारी चौधरीको मृत्यु भएको हो । खोलाले बगाउँदा मृतक चौधरीका आफन्त ३५ वर्षे फुलापकुमारी चौधरी र ६० वर्षे असरा चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले बताए । 

उनकाअनुसार खोलामा माछा मार्ने क्रममा एक्कासी बाढी आएपछि उनीहरुलाई बगाएको थियो । बाढीले बगाएका अर्का एक पुरुषको नाम खुल्न सकेको छैन् । बेपत्ता भएका तीनै जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  

बुढी खोलामा जल सतहले सतर्कता तह पार गरेको र थप बढ्ने क्रममा रहेकाले अपराह्न ३ बजेसम्म सर्तक रहन जलतथामौसम विभागले तटीय क्षेत्र आसपासका स्थानीयलाई आग्रह गरेको छ ।  

प्रकाशित: ११ असार २०८१ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App