२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

कस्तो छ तपाईंको आजको राशिफल?

मेष राशिः आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। वस्त्र सम्बन्धी व्यवसायमा राम्रो हुनेछ। समाजिक पद र सम्मान मिल्ने छ। परिश्रमको लाभ प्राप्त हुनेछ।

वृष राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर समस्या देखा पर्न सक्ने छ। नयाँ काममा मतान्तर हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। साथीहरुबाट सहयोग मिल्ने समय देखिन्छ।

मिथुन राशिः दाम्पत्य जीवनमा वैचारिक एकता हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ। भाइहरुबीच कार्य गर्दा शुभ छ। रोजगारबाट कम फल मिल्ने देखिन्छ।

कर्कट राशिः व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। कठिन पराक्रमबाट कार्यसिद्धि हुने र राम्रो फल प्राप्त हुनेछ। सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन शुभ रहेको छ। उपलब्धिपूर्ण आर्थिक लाभ हुनेछ।

सिंह राशिः वैदेशिक यात्राको योग देखिन्छ। भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ। प्रगतिले परिवारमा समृद्धि ल्याउने छ।

कन्या राशिः वाणी प्रभाव बढ्ने छ। दिमागी कार्यमा वृद्धि र सफल हुने देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। सञ्चित धन खर्च हुने समय छ। अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

तुला राशिः ठूला र नविन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। नेत्रको समस्या देखिई स्वास्थमा हल्का वाधा आउन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

वृश्चिक राशिः धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। मित्रसँग वैचारिक एकताको समय रहेको छ। स्वदेश, विदेश यात्राको योग रहेको छ। विद्यार्थीका लागि पढाइ, लेखाइ रुचि बढ्ने योग छ। उन्नति प्रगति हुने दिन छ।

धनु राशिः प्रेम आकर्षणमा र सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव बढ्ने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। आर्थिक लाभ कम हुने दिन रहेको छ।

मकर राशिः दाम्पत्य बिचार राम्रो रहने छ साथै पारिवारिक सदस्यहरुबीच सुमधुर सम्बन्ध रहने छ। पुराना व्यक्तिहरुबाट लाभ मिल्नेछ। मित्रको सहयोगबाट सुरु गरिएको कार्यमा सफलता मिल्नेछ। पढाईमा रुचि बढ्नेछ।

कुम्भ राशिः कार्यमा योग्यता अनुसारको सुविधा मिल्ने छ। भ्रमण गर्नु शुभ छ। स्वास्थ्यमा सामान्य राम्रो छ। वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ।

मीन राशिः आफन्तबाट आफ्नो, दिएको धन आउने छ। आफन्तसँग शुभ भेटघाट हुने छ। राजनीतिक सम्मान प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। यात्रामा सफलता मिल्ने छ।

प्रकाशित: १० असार २०८१ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App