२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मकवानपुरमा जंगली च्याउ खाएर एकजनाको मृत्यु

फाइल तस्बिर

मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । 

राक्सिराङ गाउँपालिका- ७ दुगुवाङका बलबहादुर प्रजाको मृत्यु भएको हो । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका उनको चितवनको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

जंगली च्याउ खाँदा बलबहादुरसहित ५ जना बिरामी भएका थिए । बिरामी परेका उनीहरुलाई उपचारका लागि सिधै चितवन लगिएको थियो । 

बलबहादुरले जंगलबाट ल्याएको च्याउ पकाएर खाएकाहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा बलबहादुरको ४५ वर्षीया श्रीमती  जालीमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु र ८ वर्षीया छोरी सविना तथा १० वर्षका छोरा सुशील बिरामी परेका छन् । उनीहरुको चितवनमै उपचार भैरहेको छ । 

बिरामी चारैजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए । घटनापश्चात प्रहरी चौकी कान्द्राङ राक्सिराङको टोली घटनास्थलमा पुगेको थियो । 

यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ९ असार २०८१ १९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App