२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सिन्धुलीबाट ६१५ किलो गाँजा बरामद, एकजना पक्राउ

देशभर प्रहरीले लागू औषधविरुद्दको सप्ताहव्यापी कार्यक्रम गरी रहँदा सिन्धुली प्रहरीले ठूलो परिमाणमा लागू औषध गाजा बरामद गरेको छ ।  

सिन्धुली प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाँउपालिका वडा नम्बर ७ चिसापानीस्थित एउटै थोले ब्लोनको गोठबाट ६ सय १५ केजी गाँजा बराबद गरेको छ । 

सो क्रममा गोठमा सुतिहेको अवस्थामा प्रहरीले उदयपुर कटारी नगरपालिका वडा नम्बर ६ घर भई हाल चिसापानी बस्ने ४६ वर्षीय कुमार पाख्रिनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लले जानकारी दिए । 

उनका अनुसार बोरा तथा फलामको ड्रममा राखिएको अवस्थामा लागु औषध गाँजा बरामद गरिएको हो । 

प्रकाशित: ९ असार २०८१ १९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App