२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

तपाईंको आजको राशिफल

मेष राशिः वाणी सफल हुने समय छ। सामान्य चर्म समस्या देखा पर्न सक्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यापार व्यवसायमा मध्यम फल प्राप्त हुने योग छ। अध्ययनमा सफलता मिल्ने छ।

वृष राशिः स्वजनबाट नयाँ सामग्री आउने योग छ। व्यापार व्यवसायमा धन प्राप्तिको समय छ। सामान्य उदर समस्या देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। टेक्निकल उद्योगमा लगानि गर्दा शुभ हुन्छ।

मिथुन राशिः राजनीतिमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यवसायमा लगानी गरेमा कम लाभ प्राप्त हुने छ। अध्यापनमा सफलता मिल्ने छ। धन ढिला प्राप्त हुने छ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ।

कर्कट राशिः पढाईमा कार्यसिद्धि योग रहेको छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। नयाँ कार्यमा लाभ हुने दिन छ। अरुको सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। सामाजिक पद, सम्मान मिल्ने छ।

सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नति प्रगति हुने दिन छ। नयाँ व्यक्तिहरुको कार्यबाट सामान्य बाधा हुन सक्ने छ। व्यापारमा फल प्राप्त हुने छ।  

कन्या राशिः राजनीतिमा सफलता मिल्नेछ। व्यापारको कार्य गर्दा विचार पु¥याएर गर्नु होला। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ।

तुला राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। यात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सामान्य मतभिन्न हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। अध्ययनमा सफलता मिल्ने छ। बित्तिय क्षेत्रमा कम सफलता मिल्नेछ।

वृश्चिक राशिः अग्रजलाई सामान्य शिर समस्या देखा पर्न सक्ने छ। स्वदेश यात्राको योग रहेको छ। कार्यगर्दा बिचारपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु शुभ छ।

धनु राशिः परिवारमा लगानि हुने दिन देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु होला। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। आर्थिक लाभमा बाधा हुने छैन।

मकर राशिः पुरानो धन प्राप्त हुने देखिन्छ। धार्मिक कार्य गर्नु शुभ छ। नयाँ पद प्राप्त हुने समय छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। उन्नति हुने दिन छ।

कुम्भ राशिः घर परिवारमा प्रेम सद्भाव रहने छ। व्यापार व्यवसाय गर्नेलाई राम्रो छ। वैदेशिक यात्रामा दिन राम्रो छ। सामान्य उदर समस्या देखिन सक्छ। नयाँ काममा मतान्तर हुन सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ।

मीन राशिः साथीसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुने छ। व्यापारमा यात्राको योग देखिन्छ। सामान्य उदर समस्या देखिन सक्छ। व्यवसायमा मतान्तरबाट जोगिनु होला। मध्यम फल प्राप्तिको योग छ।

प्रकाशित: ९ असार २०८१ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App