२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

सुनुवाई नसकिएपछि गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाई नसकिएकाले  हेर्दाहेर्दैमा गएको छ।

उक्त मुद्दा शुक्रबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको थियो।समय नभ्याएको कारणले हेर्दाहेर्दैमा गएको हो।अर्को पेसी असार १६ हुने भएको छ।अब रवि लामिछानेको तर्फबाट मात्र बहस हुन बाँकी रहेको बताइएको छ।

यस अघि सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।महान्यायाधीवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी क्लिनचिट दिएपछि उक्त पत्र खारेजीको माग गर्दै भट्टराईले मुद्दा हालेका हुन्। पहिला दरपिठ भएको उक्त रिट पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको आदेशमा दर्ता भएको हो।

बारम्बार स्थगित हुँदै आएको उक्त रिटको पछिल्लो सुनुवाइमा भने सर्वोच्चले पोखरा र लुम्बिनीबाट रिट निवेदनहरु झिकाउन आदेश दिएको थियो। पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन पनि सर्वोच्च अदालत पुगेको छ।  

प्रकाशित: ७ असार २०८१ १७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App