२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कार्यालय प्रमुख र लेखा अधिकृतको राजीनामा, जनप्रतिनिधिले अवैध भुक्तानी गर्न दबाब दिएको आरोप

असार मसान्तमा योजना भुक्तानीका कामको चटारो चलिरहँदा कालिकोटको खाँडा चक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धीरबहादुर शाही जिम्मेवारीबाट बाहिरिएका छन्।

जनप्रतिनिधिबाट चर्को दबाब आएको भन्दै दुबैजनाले जिम्मेवारीबाट राजीनामा दिएका हुन् । जनप्रतिनिधिहरूले गैह्र कानुनी रूपमा भुक्तानी दिन दबाब दिएको, योजनाबिनै आफ्ना कार्यकर्तालाइ भुक्तानी दिन सिफारिस गरेको आरोप लगाउँदै  राजीनामा दिएको लेखा अधिकृत शाहीले बताए।

उनले भने जनप्रतिनिधिले अन्तिममा आएर बजेट भन्दा बढी सिफारिका लागि भुक्तानी दिन लगाउने काम भयो । हाम्रो पनि जागिरको सवाल छ। कानुनी रूपमा भुक्तानी दिन सकिदैन शाहीले भने।”

जनप्रतिनिधिले सिफारिस गरेर लेखामा पठाउँछन्।यता बजेट छैन। बिना बजेट बिनै सिफारिस गर्नाले अहिले लेखापालले दिएन भन्छन्। हरेक दोष अन्तिममा लेखालाई दिएर काम गर्ने वातावरण मिलेन।

असार मसान्तको मुखमा रकम भुक्तानी दिन छाडेर अलग बस्ने मन थिएन।जनप्रतिनिधिको आफूखुसी मनपरी सिफारिस गरेर काम गर्ने वातावरण नमिलेर जिम्मेवारीबाट अलग रहन परेको हो।

असार मसान्तको बेला लेखा र प्रमुखले जिम्मेवारी बाट बाहिरिए पछि उपभोक्ता देखि अन्य सेवाग्राही चर्को मर्कामा परेका छन्।काम गर्ने वातावरण मिलेमा जिम्मेवारीमा फर्किने लेखा अधिकृत शाहीले बताए।पटक पटक धेरै विवादमा रहने नगरपालिकामा अहिले पनि लफडा मच्चिएको छ।

प्रकाशित: ५ असार २०८१ १६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App