२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार,अवस्था चिन्ताजनक

बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर ३ स्थित बक्रा टोलमा उनलाई गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । 

उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज लैजाने तयारी भएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम  न्यौपानेले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलमा आएको अज्ञात समूहले कुशवाहमाथि एक राउण्ड गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । 

आदर्श कोतवाल गाउँपालिका भारतसँग सीमा जोडिएको क्षेत्र हो । क्याम्पस प्रमुख कुशवाहको घरसमेत सोही क्षेत्रमा पर्ने प्रहरीको भनाइ छ । 

गोली प्रहार गर्ने समूहको खोजी सुरु गरेकाे न्यौपानेले जानकारी दिए । 

प्रकाशित: ३२ जेष्ठ २०८१ १८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App