२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

कार्यालयको ताल्चा फुटाएर बलजफ्ती हाकिम बने सुरेन्द्रमान प्रधान

क्याप्शन

नगरपालिका कार्यालयका कार्यवाहक नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा लगाइएको ताल्चा फुटाएर एकजना उपसचिवलाई बलजफ्ती कार्यालयमा प्रवेश गरी हाजिर गरेको आरोप लागेको छ।

रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यालयमा उपसचिव सुरेन्द्रमान प्रधानले कार्यालयको ताल्चा फुटाएर बलजफ्ती कार्यालयमा प्रवेश गरी हाजिर गरेको कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आरोप लगाएकी हुन्।

कार्यवाहक नगर प्रमुख खातुनले आज जारी गरेको प्रेसविज्ञप्तिअनुसार उपसचिव प्रधान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह कर्मचारी प्रशासन शाखाको प.स. २०८०÷०८१ च.न. २४२० मिति २०८१ जेठ २९ को पत्रबाट हाजिर हुन फतुवा विजयपुर नगरपालिका पुगेका हुन्।

तर उपसचिव प्रधानले कार्यालयको ताल्चा फुटाएर कार्यालयमा प्रवेश गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी अनधिकृत रूपमा हाजिर भएको आरोप लगाउँदै कावा नगर प्रमुख खातुनले कोष तथा लेखा नियन्त्रण कार्यालय गौर, रौतहटलाई पत्र लेखी नगरपालिकाको खाता सञ्चालन नगर्न अनुरोध गरेकी छन्।

फतुवा विजयपुर नगरपालिकाको च.न. १४२५ मिति २०८१ जेठ ३१ को पत्र पूर्ण रूपमा गैरकानुनी र अवैध रहेको कावा नगर प्रमुख खातुनले जानकारी दिएकी छन्।

कटहरिया नगरपालिकाको पनि कार्यालय प्रमुख रहेका प्रधान विवादास्पद छविका व्यक्ति हुन्। जनप्रतिनिधिमा फुट ल्याएर एक्लै शासन गर्न खोज्ने उपसचिव प्रधान यसअघि पनि फतुवा विजयपुरमा कार्यालय प्रमुख थिए।

प्रकाशित: ३२ जेष्ठ २०८१ १८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App