२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

लागू औषधसहित सर्लाहीमा एक भारतीय पक्राउ

प्रतिबन्धित लागू औषधसहित सर्लाहीमा एक भारतीय युवक पक्राउ परेका छन् । मोटरसाइकलमा लुकाएर लगिरहेको अवस्थामा सर्लाही प्रहरीले एक भारतीय युवकलाई सोमवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्लाको मैबी ग्राम निबासी २५ वर्षीय राहुल तिवारी रहेका छन् । तिवारीले चढेको बिआर ०५ एल ८३०८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई सोमवार दिउँसो इलाका प्रहरी कार्यालय हरिवनको टोलीले आशंका लागेर हरिवन नगरपालिका ७, साइफन चोकमा चेकजाँच गर्दा ११८ बोतल लागु औषध बरामद भएको हो। 

तिवारीलाई मोटरसाइकलको सिट मुनि र ट्यांकी मुनि लुकाएर विन्सेरेक्स १०० एमएल ११९ बोतल लुकाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिइएको प्रतिबन्धित ११९ बोतलमध्ये एउटा खाली बोतल भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि दिपक श्रेष्ठले तिवारीलाई नियन्त्रणमा लिइएको जानकारी गराएका छन् । तिवारी भारतबाटै प्रतिबन्धित लागू औषध लिएर नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपि श्रेष्ठले जनाएका छन्। 

प्रकाशित: २९ जेष्ठ २०८१ १७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App