२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना र उद्दारकाे ‘रिहर्सल’ (तस्बिरहरु)

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना र उद्दारसम्बन्धी पूर्वअभ्यास गरेकाे छ। सोक्रममा एक पुरानाे विमान ‘क्रयास’ को रिहर्सल गराइएको थियो। 

सोमबार दिउँसो करिब आधा घण्टा विमानस्थल बन्द गराएर विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिएको हो।

नेपाली सेनासहितको टोलीको सहभागिता रहेको यस अभ्यासका क्रममा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स परिचालन गरिएको थियो भने विमानस्थल वरिपरीको क्षेत्रबाट कालो धुँवा आकाशमा देखिन्थ्यो। 

विमानस्थल कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को मापदण्ड तथा एयरपोर्ट इमर्जेन्सी प्लानअन्तर्गत यो कार्यक्रम आयोजित गरिएको हो।

तस्बिरहरु : दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २८ जेष्ठ २०८१ १६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App