२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

हावाहुरीले सर्लाहीको एकै गाउँका ४७ घरमा क्षति

हावाहुरीले सर्लाहीको एकै गाउँको कम्तीमा ४७ घरमा क्षति पुर्‍याएको छ। बिहीबार आएको हावाहुरीले सर्लाहीको बरहथवा नगरपालिका १ हजारिया गाउँको विभिन्न टोलमा धेरै क्षति पुर्‍याएको हो। हावाहुरीले नयाँ बजार टोल र दुसाद टोलको विभिन्न घरमा क्षति पुर्‍याएको छ।

हावाहुरीले रुख ढलेको छ। यसै गरी बिजुलीको पोल पनि ढलेका छन्। वडा नम्बर १ का वडाध्यक्ष राकेशकुमार सहनीले हावाहुरीले गाउँको कच्ची घरको छानोमा क्षति पुर्‍याएको बताए। हजारियाको नयाँ बजार टोलमा कम्तीमा ४१ घरको छानो उडाउनुका साथै हावाहुरीले दुसाद टोलको ६ घरको पनि छानो उडाएको वडाध्यक्ष सहनीले जानकारी दिए।

हावाहुरीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी गौतम थापाले बरहथवामा कम्तीमा आठ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।

हावाहुरीबाट जिल्लामा भएको क्षतिको तथ्याङ्क सङ्कलनको काम भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २४ जेष्ठ २०८१ १७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App